चार सय किलोमिटर रेन्ज दावी गरिएको ईभी ९ सय किमि गुडेपछि…

काठमाडौं । ईभीको प्रयोग कसरी गर्ने र यसको बास्तविक रेन्ज कति भन्ने विषय अहिले विश्वभर बहस भइरहेको छ । धेरै सर्टिफाइङ कम्पनी र गाडी उत्पादकले दावी गरेको रेन्जमा सडकमा चलाउँदा २० देखि ३० प्रतिशतसम्म कम पाइरहेका छन् ।

ब्राजिलमा भएको एउटा परिक्षणमा सेभ्रोले बोल्ट ईभीले डब्लूएलटीपीले प्रमाणित गरेको रेन्जको तुलनामा दोब्बरभन्दा धेरै प्राप्त गरेको छ । अमेरिकी जनरल मोटर्सको बोल्ट ईभीको रेन्ज डब्लूएलटीपीले सिंगल चार्जमा ३९८ किलोमिटर प्रमाणित गरेको थियो । तर, रेन्ज टेस्टमा ९०१ किलोमिटर गुडेको हो ।

ब्राजिलमा गरिएको परीक्षणमा पत्रकार, इन्फ्लोइन्सर, ग्राहक, डिलर, पार्टनर र कम्पनीका कर्मचारी गरी ७० जनाभन्दा धेरैको सहभागिता थियो । उक्त परीक्षण निरन्तर २८ घन्टा ३० मिनेट चलेको थियो ।

यसलाई ब्राजिलको ‘साओ पाउलो स्टेट’मा रहेको ४.३ किलोमिटरमा रहेको समथर ट्रयाकमा चलाएर परिक्षण गरिएको थियो । परीक्षणमा प्रयोग भएको बोल्ट ईभीमा ६६ किलोवाट आवरको ब्याट्री उपलब्ध थियो ।

धेरैभन्दा धेरै रेन्ज प्राप्त गर्ने सोचका साथ भएको परीक्षणमा चालकले ३५ किलोमिटर प्रतिघन्टाको स्पीडमा यसलाई चलाएका थिए । यो स्पीडमा चलाउँदा प्रति १०० किलोमिटर गुड्न केवल ७.२ किलोवाट आवर मात्रै इनर्जी खर्च भएको थियो ।


Back_to_top