हिरोको अफरः डाउन-पेमेन्ट गर्न पैसा नहुनेलाई पनि बाइक

हिरो बाइक तथा स्कुटरको नेपालको लागि आधिकारीक वितरक एनजीएम हिरोले नयाँ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले हिरोको कुनैपनि बाइक तथा स्कुटर बिना डाउनपेमेन्ट बिक्री गर्ने योजना सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत ग्राहकले हिरोको कुनै पनि बाइक तथा स्कुटर खरिद गर्दा डाउन–पेमेन्ट गर्नु पर्दैन । ग्राहकले दुई बर्षको किस्ताबन्दी सुबिधामा हिरोका बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । 

बाइक तथा स्कुटर गरिदगर्दा लाग्ने बीमा शुल्क तथा सेवा शुल्क भने तिर्नु पर्ने हुन्छ । यो योजनामा बाइक तथा स्कुटरमा जिपीएस डिभाइसमेत जडान गरिने छ । 

ग्राहकले बाइकमा जडान गरिएको जिपीएस डिभाइसको समेत आफै रकम तिर्नु पर्ने हुन्छ ।

यो योजना काठमाडौंका हिरोका सबै आधिकारीक शोरुममा उपलब्ध रहने कम्पनीले जनाएको छ । 

यस योजनमा अन्तर्गत फाइनान्स सुबिधाको लागि एनजीएम इन्भेस्टमेन्ट र मुक्तिनाथ विकासबीच सहकार्य भएको कम्पनीले जनाएको छ । उपत्यका बाहिर मुक्तिनाथ विकास बैंक रहेका स्थानबाट पनि यो योजनामा सहभागि हुन सकिने कम्पनीले जानकारी दिएको छ ।

नयाँ अफर योजना कम्पनीले बिक्री गर्दै आएको हिरोको सबै बाइक तथा स्कुटरमा लागु हुने छ ।

हाल एनजीएम हिरोले नेपाली बजारमा हिरो एक्सट्रीम २००, हिरो एक्सट्रिम्, हिरो करिज्मा, हिरो मेस्ट्रो, हिरो एचएफ डिलक्स, हिरो स्प्लेन्डर, हिरो आइ स्मार्ट, हिरो प्लेजर, हिरो ड्यास, हिरो डूयट जस्ता बाइक तथा स्कुटर बिक्री गर्दै आएको छ ।


Back_to_top