किया मोटर्सले अल्ट्रा–फ्युचरीस्टिक–ईभी अवधारणामा रहेर नयाँ इलेक्ट्रीक कार उत्पादन गर्ने जनाएको छ । कम्पनीले आगामी मार्च ५ बाट सुरु हुने जेनेभा मोटर शोमा उक्त नयाँ कन्सेप्ट सार्वजनिक गर्न लागेको हो ।
कम्पनीले आधिकारीकरुपमा नयाँ परियोजनाको कन्सेप्ट स्याडो बाहिर ल्याएको भएपनि अन्य थप जानकारी भने सार्वजनिक गरेको छैन । नयाँ ईभीको स्केच सार्वजनिक पछि कम्पनीका डिजाइन भाइसप्रेसिडेन्ट ग्रेगरी गुलियमले आफ्ना उत्पादनमा आकर्षक डिजाइन दिनु नै पहिलो लक्ष्य भएकोे प्रतिक्रिया दिए ।
‘हामी ग्राहकको ध्यान आकर्षित गर्ने गरी उच्च पफर्मेन्स, रेन्ज, रिचार्जिङ्ग नेटवर्क र ड्राइभिङ्ग डाइनामिक जस्ता पक्षमा विशेष केन्द्रित हुनेछौँ । हामीले अल इलेक्ट्रीक अवधारणाको विकासमार्फत् ग्राहक तान्नेमात्र हैन, ईभीप्रतिको आकर्षण र पहुँचमा विस्तार पुर्याउने उद्देश्य लिएका छौँ’ ग्रेगीले भने ।
यी मोडलमा किया इलेक्ट्रीक निरो–क्रशओभर र शोलमा उपलब्ध उत्कृष्ट कम्पोनेन्टहरु दिइने अनुमान गरिएको छ । नयाँ कन्सेप्ट कारमा ६४ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइने छ, जसले २०१ हर्षपावर र ४०० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । केही समय अघि हुन्डाई कियाले बनाएको सोलार रुफ यसमा आउने अनुमान गरिएको छ ।


