डाउन पेमेन्ट गर्ने पैसा नभएपनि हिरोका बाइक किन्न सकिने, सबै मोडलका मूल्यसहित

काठमाडौं । हिरो नेपाली बजारमा निकै चर्चित ब्राण्ड हो । कुनै समय हिरो होन्डाको नामबाट बिक्री हुने मोटरसाइकल तथा स्कुटरहरु अहिले हिरोको नामले मात्रै बिक्री वितरण भइरहेको छ । 

कम्पनीको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम)ले नेपाली बजारमा विभिन्न मोडलका चार स्कुटर र १४ मोटरसाइकलको बिक्री वितरण गरिरहेको छ । कम्पनीले बिक्री गर्ने सवारीसाधन सस्तोमा १ लाख ६६ हजारदेखि महङ्गोमा साढे ३ लाख रुपैयाँ मूल्यसम्मका छन् । 

एचएफ डिएलएक्स डिआरएस हिरोले बेच्ने सबैभन्दा सस्तो मोटरसाइकलको मूल्य १ लाख ६६ जार ५ सय रुपैयाँ रहेको छ । हिरोको निक्कै रुचाइएको तथा महङ्गो मानिएको बाइक करिज्मा जेएमआर डिएसएस ३ लाख २३ हजार रुपैयाँमा बिक्री हुदै आएको छ । 

कम्पनीले सबैभन्दा सस्तो मूल्यको स्कुटर हिरो प्लेजर १ लाख ७६ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आइरहेको छ भने, हिरो डेस्टिनी २ लाख ६ हजार रुपैयाँ बिक्री हुदै आएको छ ।

हिरोका डुएट भिएक्स, मजेस्ट्रो एज नामका स्कुटरसँगै स्प्लेन्डर, एक्सट्रीम, स्पोर्ट, करिज्मा जेड आरलगायतका मोटरसाइकलको बिक्री भइरहेको छ । 

यसैबीच, कम्पनीले गत भदौ १० गतेबाट भएको नाडा अटोशोमा नयाँ बाइक एक्सपल्स २००, प्लेजर ११० प्लस स्कुटर, एक्सट्रम २००आर बाइक सार्वजनिक गरेको थियो । तर, यी नयाँ बाइक तथा स्कुटरको मूल्य अझै घोषणा भएको छैन ।

चाडपर्वमा यस्तो अफर

हिरोले चाडपर्वलाई लक्षित गर्दै रातो टिका निधारमा नयाँ हिरो घर घरमा नामको आकर्षक अफर ल्याएको छ । कम्पनीको योजना अनुसार स्क्राच कार्ड मार्फत बाइक तथा स्कुटर खरिद कर्तामध्ये भाग्यशाली ग्राहकलाई १ लाख क्यास जित्न सक्ने छन् । 

जुनसुकै मोटरसाइकल तथा स्कुटरमा न्युनतम पाँच हजारसम्म छुट दिने कम्पनीले जनाएको छ । 

कम्पनीले शुन्य प्रतिशत डाउनपेमेन्टमा स्कुटर वा मोटरसाइकल खरिद गर्न सकिने अफर पनि ल्याएको छ । कम्पनीले आफ्ना सबै स्कुटर र मोटसाइकलमा लागु हुने गरि उक्त ग्राहक योजना ल्याएको हो । 

दुइ वर्षे किस्ताबन्दीमा बाइक स्कुटर उपलब्ध गराउने जानकारी दिएको छ । हाल, कम्पनीले मुक्तिनाथ विकास बैंकमार्फत १६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ ।

बाइक वा स्कुटर खरिद कर्तालाई पाँच वर्षसम्मको वारेन्टी, निःशुल्क हेलमेट र स्पेयर पार्टमा ७ प्रतिशतसम्म छुट जस्ता अफर कम्पनीले दिदै आएको छ । 


Back_to_top