काठमाडौं । भारतमा हिरो र होन्डा बीचको सहकार्य टुटेको १० वर्ष पुराभएको छ । । यो १० वर्षको अवधिमा हिरोले आफ्नो छुट्टै पहिचान निर्माण गर्न निकै ठूलो मिहिनेत गरेको देखिन्छ ।
हिरो र होन्डा सँगै हुँदाका सबै मोडल आफ्नो बनाएको हिरोले सिधा प्रतिस्पर्धा भारतमा होन्डासँग गर्नु पर्यो भने नेपालमा हिरोभन्दा होन्डा अव्वल देखियो । विशेषत १० वर्षमा हिरोले नयाँ प्रविधिको खोज र अनुषन्धानमा धेरै काम गरेको देखिन्छ भने केही नयाँ मोडल पनि बजारमा ल्याएको छ ।
स्कुटर सेग्मेन्टमा प्रोडक्ट लाइनअप थप गरेको हिरोले मोटरसाइकल सेग्मेन्टमा एक्सपल्स र एक्स्ट्रीम १६० आर सबैभन्दा ठूलो प्रोडक्टको रुपमा बजारमा ल्याउन सफल भएको देखिन्छ । यी दुई उत्पादनले हिरोलाई अलग पहिचान प्रदान गरेको देखिन्छ ।
हिरो मोटोकर्पले स्थापनाको १० औं वर्ष पूरा गरेको अवशर पारेर नेपालमा पनि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम) ले ग्राहक केन्द्रीत केही योजना ल्याएको छ । कम्पनीले खुशीको अवसर भन्दै ल्याएको योजनामा हिरोका मोटरसाइकल र स्कुटरको खरिदमा ग्राहकले ५ हजार रुपैयाँ छुट पाउनेछन् । भने सर्भिसिङमा ५० प्रतिशत र पार्टस्मा १० प्रतिशत छुट पाउने छन् । साथै, यी साधनको वासिङ निःशुल्क हुनेछ ।


