काठमाडौं । हिरोको मोटरसाइकल तथा स्कुटरमा २०२६ नयाँ अंग्रेजी वर्षको ‘हातमा सात’ अफर सुरू भएको छ ।
नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले आउँदै गरेको नयाँ अंग्रेजी वर्ष २०२६ को अवसरमा उक्त अफर ल्याएको हो ।
यस अफर अन्तर्गत नयाँ ग्राहकहरूले हिरोको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ७ हजार रुपैयाँ क्यासब्याक पाउने छन् ।
यस अफरमा कम्पनीले एक्सचेन्जको सुविधा पनि प्रदान गर्ने छ । ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटरको न्यूनतम २५ हजार रुपैयाँ बढी मूल्यांकन पाउने छन् । साथै, त्यसमा अतिरिक्त १० हजार रुपैयाँसम्म मूल्यांकन पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले किस्ताबन्दीमा हरोको मोटरसाइकल वा स्कुटर किन्न चाहने ग्राहकलाई सहज फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ । जसमा ग्राहकले नागरिता र लाइसेन्सकै भरमा कर्जा पाउने छन् ।
यो हिरोका देशभरका सम्पूर्ण आधिकारिक शोरुमहरूमा पुस १६ गतेसम्म मात्रै लागू हुनेछ ।

