हिरोको नयाँ स्कुटर ‘प्लेजर प्लस प्लाटिनियम’ नेपाल आयो, यस्तो छ मूल्य

काठमाडौं । हिरोको वेष्ट सेलिङ स्कुटर प्लेजरको नयाँ एडिशन नेपाल आएको छ । हिरोका आधिकारिक वितरक एनजीएम हिरोले नयाँ एडिसन नेपालमा विक्री सुरु गरेको हो ।

कम्पनीले प्लेजर प्लस प्लाटिनियममा थुप्रै स्थानमा क्रोम फिनिसिङ दिएको छ । यसमा क्रोम ह्यान्डलबार इन्ड, क्रोम फिनिस मिरर, पिलियन व्याकरेस्ट, क्रोम साइड गार्रनिस, क्रोम साइलेन्सर प्रोटेक्टर, क्रोम हेडल्याम्प बार, क्रोम थ्रीडी लोगो फ्रन्ट फेन्डर, क्रोम फेन्डर स्ट्राइप दिएको छ ।

नयाँ स्कुटरमा ११०.९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनेल ८ बीएच पावर ७००० आरपीएममा र ८.७ एनएम टर्क ५५०० आरपीएममा जेनेरेट गर्छ ।

यसका क्लासीक ड्युल टोन सिट, प्रिमियम ब्राउन फिनिस, मोवाइल चार्जर, फ्रन्ट लगेज पकेट, आइबीएस ब्रेक, ट्युवलेस टायर, ठूलो बुट स्पेस, बुट ल्याम्प, स्यान्ड सेन्सर जस्ता फिचर रहेको छ । यसको मूल्य १ लाख ९८ हजार ५०० रुपैयाँ तोकिएको छ ।


Back_to_top