सर्वाधिक माइलेज दिने चार पेट्रोल कार, १२ भेरियन्टमा किन्न पाइने (मूल्यसहित)

काठमाडौं । नेपालमा कारको मूल्य त्यसैपनि अन्य देशको तुलनामा धेरै रहेको छ । कारको किनेपछि पनि यसको संचालन लागत धेरै हुने हुँदा मानिसलाई धेरै माइलेज दिने कारको खोजी सधै रहिरहन्छ ।

नेपालमा मारुती सुजुकी, रेनो र हुन्डाईले विक्री गर्दै आएका कारको माइलेज निकै राम्रो रहेको छ । ३० लाख हारहारी रकम खर्च गरेर किन्न सकिने सुजुकी स्वीफ्ट र सेलेरियो, रेनो क्वीड तथा हुन्डाई ग्राण्ड आई १० नियोस निकै राम्रो माइलेको लागि परिचित रहेका छन् ।

मारुती सुजुकीका अन्य धेरै कारहरु अल्टो, डिजायर, बलेनो, एसप्रेसो र वागेनआर जस्ता कारहरुपनि उच्च माइलेज दिनेमा पर्छन् ।

भारतीय अटोमोटिभ रिसर्च एजेन्सी (एआरएआई) ले गाडीको माइलेज मापन गरेर सर्टिफाई गर्ने गरेको छ । एआरएआईको सर्टिफिकेटको आधारमा कम्पनीहरुले माइलेज दाबी गर्ने गरेका छन् ।

एआरएआईले प्रमाणित गरे अनुसार नै माइलेज भने सडकमा गुडाउँदा पाउन सकिन्न । हामीले यहाँ उल्लेख गरेका गाडी स्वीफ्ट, सेलेरीयो, क्वीड र ग्रान्ड आई १० नियोसले हाइवेमा भने करिब १८ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने छ ।

मारुती सुजुकी स्वीफ्ट र हुन्डाई ग्रान्ड आई १० नियोसमा १.२ लिटर क्षमताको इन्जिन रहेको छ भने रेनो क्वीड र सेलेरियोमा १.० लिटर क्षमताको इन्जिन दिइएको छ । एआरएआईका अनुसार स्वीफ्टले प्रतिलिटर २३ किलोमिटर, क्वीडले २२ किलोमिटर, सेलेरियोले २१ किलोमिटर र ग्राण्ड आई १० नियोसले २० किलोमिटर माइलेज प्रदान गर्ने छ ।

यस्तो छ यी कारको नेपालमा मूल्य

यी मध्ये सबैभन्दा महंगो कार मारुती सुजुकी स्वीफ्ट हो । विभिन्न तीन भेरियन्टमा उपलब्ध स्वीफ्टको भिएक्सआई भेरियन्टको ३० लाख ९९ हजार, जेडएक्सआई भेरियन्टको ३३ लाख ९९ हजार र जेडएक्सआई प्लसको ३७ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

मारुती सुजुकी कै सेलेरियो पनि विभिन्न ३ भेरियन्टमा नै उपलब्ध रहेको छ । सेलेरियो भिएक्सआईको मूल्य २५ लाख ४९ हजार, सेलेरियो जेडएक्सआईको २७ लाख ९९ हजार र सेलेरियो एक्स भेरियन्टको २९ लाख २९ हजार रुपैयाँ रहेको छ ।

रेनोले नेपालमा विक्री गर्दै आएको क्वीड पनि विभिन्न तीन भेरियन्टमा उपलब्ध रहेको छ । क्वीडको आरएक्सटी भेरियन्टको मूल्य २४ लाख ९९ हजार, क्वीड क्लाइम्वर भेरियन्टको २५ लाख ९९ हजार र क्वीड आरएक्सटी एएमटीको २६ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

हुन्डाईले पनि ग्राण्ड आई १० नियोसको विभिन्न ३ भेरियन्ट विक्री गर्दै आएको छ । कम्पनीले मग्ना भेरियन्टको ३१ लाख ५६ हजार, मग्ना एएमटीको ३४ लाख ५६ हजार र स्पोट्ज भेरियन्टको ३४ लाख ५६ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।


Back_to_top