काठमाडौं । नेपाली बजारमा हिरोको सुपर स्प्लेन्डर १२५ मोटरसाइकलको बिक्री सुरू भएको छ ।
नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले आजदेखि सुरू भएको नाडा अटो शो २०२५ मा सुपर स्प्लेन्डरको बिक्री सुरू गरेको हो ।
कम्पनीले सुपर स्प्लेन्डरको मूल्य २ लाख ६६ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
यो मोटरसाइकलमा १२४.७ सीसी सिंगल सिलिन्डर एयर कुल्ड बीएस ६ इन्जिन रहेको छ । यसले अधिकतम १०.७ बीएचपी र १०.६ एनएम पीक टर्क जेनेरेट गर्छ। यसलाई ५ स्पीड गियरबक्ससँग जडान गरिएको छ ।
सुपर स्प्लेन्डर एक्सटेकमा एलईडी हेडल्याम्प, एलईडी डीआरएल लाइट दिइएको छ । यसको टर्न इन्डिकेटर र टेल ल्याम्प भने हलोजीन बल्बमा पाउन सकिन्छ । कम्पनीले नयाँ बाइकमा हेडल्याम्प काउल र भाइजर पनि अपडेट गरेको छ।
समा ब्लुटूथ कनेक्टिभिटी सहितको डिजिटल स्पिडोमिटर, कल अर्लट तथा एसएमएस अर्लट नोटिफिकेशन पाउन सकिन्छ ।
साथै, चालकले रियल टाइम माइलेज, साइड स्ट्यान्डका इन्डिकेसन, हाई बिम र फ्युल कम भए नभएको पनि हेर्न सकिन्छ । यसमा यूएसबी चार्जिङ पोर्ट पनि छ ।

