हिरोको नयाँ इलेक्ट्रीक स्कुटर ‘भी-२’ तीन भेरियन्टमा सार्वजनिक, रेन्ज १६५ किमी

काठमाडौं । हिरो मोटोकर्पको सहायक कम्पनी भीडाले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भी-२ नामबाट ल्याएको स्कुटर भारतमा सार्वजनिक भएको हो ।

हिरो मोटोकर्पले ९६ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) सुरुवाति मूल्य तोकेर भी २ सार्वजनिक गरेको छ । कम्पनीले भिडा भी-२ को वेस भेरियन्टमा २.२ किलोवाट क्षमताको ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ९४ किलोमिटर रेन्ज दिने इन्डियन ड्राइभिङ साइकल (आईडीसी)ले प्रमाणित गरेको छ ।

कम्पनीले भिडा भी-२ प्लस र प्रो भेरियन्टमा क्रमशः ३.४४ किलोवाट र ३.९ किलोवाट क्षमताको ब्याट्री दिएको छ । प्रो भेरियन्टमा प्रयोग भएको ब्याट्रीले १४३ किलोमिटर र प्रो भेरियन्टले १६५ किलोमिटर रेन्ज दिने आइडीसीले प्रमाणित गरेको छ ।

वेस भेरियन्टको टप स्पीड ६९ किलोमिटर प्रतिघन्टा रहेको छ । अन्य दुई प्लस र प्रो भेरियन्टको टप स्पीड ८५ किलोमिटर प्रतिघन्टा छ । वेस भेरियन्टमा भने दुई राइड मोड उपलब्ध छ । यस बाहेक सबै भेरियन्टमा एउटै फिचर दिइएको छ ।

यी तीनै भेरियन्टमा ५ वर्ष वा ५० हजार किलोमिटर र ब्याट्रीमा ३ वर्ष वा ३० हजार किलोमिटर वारेन्टी उपलब्ध हुनेछ ।


Back_to_top