हिरोको लागि गेमचेन्जर बन्यो एक्सपल्स २००, विक्री भयो ४ हजार यूनिट

काठमाडौं । सन् २०१९ मा आएका ८ नयाँ मोडल होन्डा सीबी ३००आर, सुजुकी जिक्सर एसएफ २५०, बेनेल्ली इम्पेरियल ४००, हिरो एक्स्ट्रिम २०० एस, जावा फोर्टी टु, केटीएम १२५ ड्यूक र यामाहा एमटी-१५ लाई जितेर ‘इन्डियन मोटरसाइकल अफ दि इयर २०२०’ अवार्ड जित्न हिरो एक्सपल्सले नेपालमा ४ हजार यूनिट विक्री आँकडा पुरा गरेको कम्पनीले जनाएको छ ।

हिरोको नेपालको लागि आधिकारीक विक्रेता एनजीएम नेपालका चेयरम्यान अभिक ज्योतिले एक्सपल्सको विक्री ४ हजार यूनिट पुरा भएको जानकारी दिए ।

‘हामीले यसलाई नेपाल ल्याएपछि केहि महिनामा नै लकडाउन सुरु भयो । अहिले मोटरसाइकलको माग उच्च छ । हामीले ल्याइरहेका छौं’, ज्योतिले मेरोअटोसँग भने ।

मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको एक्सपल्स मोटरसाइकलमा आकर्षक फ्युल ट्यांकी लगाइएको छ । राउन्ड हेडल्याम्प, आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा लगाइएको विन्ड स्क्रिनले मोटरसाइकललाई निक्कै आकर्षक बनाएको छ ।

हिरोको नेपाली बजारमा २०० सीसी सेग्मेन्टमा गेमचेन्जर प्रडक्टको रुपमा आएको एक्सपल्समा २०० सीसी, लिक्वीड कुल सिङ्गल सिलिन्डर टु भल्भ इन्जिन दिएको छ । उक्त इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड गियरबक्स जडान गरिएको छ ।

यसमा डबल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड लगायतका विशेषता दिइएको छ । यस्तै यसमा २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ८२५ एमएम सिट हाइट दिइएको छ ।

बाइकको अगाडिको चक्कामा ३७ एमएम टेलिस्कोपिक फर्कसँगै १९० एमएम स्ट्रोक र रियरमा १० स्टेप एडजस्टेबल ग्यास चार्ज मनोशक युनिट लगाइएको छ । पछाडिको चक्कामा भने १७० एमएम ट्राभल युनिट लगाइएको छ ।

एक्सपल्समा अलबिट, लेसर ट्राभल, रियर मनोशक, अगाडि २७६ एमएम पेटल डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ । मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

नेपाली बजारमा एक्सपल्स २०० को मूल्य ३ लाख ८८ हजार रुपैयाँ रहेको छ ।


Back_to_top