हुन्डाई आई २० को नयाँ जेनेरेशनको माग बढ्दो, नेपाल ल्याउने प्रक्रिया सुरु

काठमाडौं । नयाँ जेनेरेशन हुन्डाई आई २० प्रिमियम सेग्मेन्टमा अब्बल ह्याचव्याक कारको रुपमा स्थापित हुँदै गएको देखिन्छ । भारतमा विक्री सुरु भएको दुई महिनामा नै करिब ३५ हजार यूनिट बुकिङ भएको नयाँ जेनेरेशन आई २० अब नेपाल आउने क्रममा रहेको छ ।

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले नयाँ जेनेरेशन आई २० नेपाल ल्याउने तयारी गरेको हो । कम्पनीले फेब्रुअरी अन्तिमसम्ममा यसको विक्री सुरु गर्ने तयारी थालेको जनाएको छ ।

हुन्डाईको सफल एसयूभी क्रेटा र सेडान भर्नाको धेरै फिचर समावेश गरिएको आई २० पहिलेभन्दा थप स्पोर्टी र ठूलो साइजमा आएको छ । सम्भवत नेपालमा कम्पनीले १.२ लिटर पेट्रोल इन्जिनमा यसलाई ल्याउने छ । तर, भारतमा भने १.५ लिटर डिजेल र १.० लिटर टर्बो पेट्रोल इन्जिनमा पनि यसको विक्री भइरहेको छ ।

हुन्डाईले आई २० मा एलइडी प्रजेक्टर हेडल्याम्प र १६ इन्चको डायमण्ड कट अलोय ह्वील दिइएको छ । यसमा बीएमडब्ल्यूको जस्तै सिल्क लुकिङ ग्लास दिइएको छ । पछाडिको भागपनि यसमा निकै स्पोर्टी देखिन्छ । पछाडिको भागमा थुप्रै क्रोम फिनिसिङ सिइएको छ ।

बोसको स्पीकर, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, व्ल्याक फिनिसिङ इन्टेरियर, नयाँ एसी भेन्ट, क्रेटामा प्रयोग भएको स्टेरिङ ह्वील, वायरलेस चार्जर, ग्लोवबक्स, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल, हुन्डाईको व्ल्यू लिंक कनेक्टेड कार फिचर यसमा उपलब्ध रहेको छ ।


Back_to_top