काठमाडौं । जनरल मार्केटिङ प्रालिले अबको केही दिन भित्रै एक्सपल्स २०० फोर भी मोडल नेपालमा विक्री सुरु गर्ने भएको छ । कम्पनीले यसअघि नै नेपालका विभिन्न बाटामा परिक्षण गरेको एक्सपल्स २०० फोर भीको विक्री सुरु गर्न लागेको हो ।
‘नेपालमा दुई महिनादेखि परिक्षण गरिरहेका थियौं, अबको केही दिन भित्रै विक्री सुरु गर्ने योजना बनाएका छौं’, नेपाल जनरल मार्केटिङ स्रोतले भन्यो ।
हिरोले एक्सपल्स २०० फोर भीलाई हाइवेमा पनि उत्कृष्ट पर्फमेन्स गर्न सक्ने बनाएर ल्याएको छ । नयाँ फोर भी मोडलले रेगुलर एक्सपल्सको तुलनामा १.०२ पीएस पावर र ०.९ एनएम टर्क बढी प्रदान गर्छ ।
एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ ।
हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ, अब पहिले जस्तो इन्जिन तात्ने समस्या पूर्णरुपमा समाधान भएको कम्पनीको दावी छ ।
पहिलेभन्दा केही अग्लो सिट, अपग्रेड गरिएको स्टार्ट र किल स्वीच, नयाँ एलइडी हेडलाइट जस्ता फिचर दिइएको छ । साथै, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर पनि थप भएको छ ।

