७४ हजार डाउन पेमेन्टमा टीभीएस रेडर किन्न सकिने, मासिक किस्ता कति ?

काठमाडौं । टीभीएस मोटरसाइकलको तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले फाइनान्स सुविधामा मोटरसाइकल र स्कुटर खरिद गर्नेका लागि तीन वटा स्कीम ल्याएको छ ।

कम्पनीले लो डाउन पेमेन्ट, १ वर्षे अवधिको र २ वर्षे अवधिको विना ब्याजमा मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आएको छ ।

आज हामी कम्पनीले दिएको तीन स्कीम अन्तर्गत रेडर १२५ खरिद गर्दा के कती रकम बुझाउनु पर्छ भनेर चर्चा गर्ने छौं ।

३० प्रतिशत डाउन पेमेन्ट

कम्पनीले हालै मात्र नेपाली बजारमा भित्र्याएको रेडर मोटरसाइकल ७४ हजार ३७० रुपैयाँ डाउन पेमेन्ट गरे खरिद गर्न सकिन्छ । यो रकम ३० प्रतिशत डाउन गर्दा लाग्ने रकम हो । यो स्कीममा कम्पनीले २ वर्षको किस्ता अवधि दिएको छ भने यसमा ग्राहकले १७/१८ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ । ग्राहकले २४ महिना ८ हजार रुपैयाँ हाराहारीमा किस्ता बुझाउनु पर्ने हुन्छ ।

यो स्कीम विशेष गरेर डाउन पेमेन्ट गर्ने रकम नभएकाहरूका लागि उपयुक्त हुन्छ ।

३० प्रतिशत डाउन पेमेन्टकोे मासिक किस्ता हेर्न यहाँ क्लिक गर्नुहोला ।

४० प्रतिशत डाउन पेमन्ट

कम्पनीले ४० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल उपलब्ध गराउने छ । यसका लागि ग्राहकले ९९ हजार १६० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्छ । त्यस्तै यसको बाँकी रकम मासिक १२ हजार ४०० रुपैयाँका दरले १२ महिनासम्म बुझाउनु पर्ने हुन्छ । यसमा ग्राहकले कुनै ब्याज तिर्नु पर्दैन ।

४० प्रतिशत डाउन पेमेन्टकोे मासिक किस्ता हेर्न यहाँ क्लिक गर्नुहोला ।

५० प्रतिशत डाउन पेमेन्ट

टीभीएसले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकका लागि १८ महिनाको अवधिमा किस्ता तिर्न सक्ने स्कीम दिएको छ । यो स्कीममा पनि ग्राहकले कुनै ब्याज तिर्नु पर्दैन् । ग्राहकले १ लाख २३ हजार ९५० रुपैयाँ डाउन गरेर मासिक ६ हजार  ८८५ रुपैयाँ तिरेर मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

५० प्रतिशत डाउन पेमेन्टकोे मासिक किस्ता हेर्न यहाँ क्लिक गर्नुहोला ।


Back_to_top