काठमाडौं । हिरो मोटोकर्पले प्रिमियम सेग्मेन्टमा इन्ट्री गरेको भन्दै चर्चाको शिखरमा लग्न सफल मोटरसाइकल एक्सपल्सले नेपाली बजारमा निकै राम्रो व्यापार गरिरहेको छ ।
जेनेभा होस् वा इटलीको मिलान सन् २०१९ मा मोटरसाइकल पारखीलाई हिरो एक्सपल्सले एक पटक तानेको छ । चाहे यसको कम मूल्य होस् वा एडभेन्चर सिरजमा पहिलो इन्ट्री दुबै कुरा हिरोको पक्षमा गएको छ ।
कम मूल्यमा निकै उत्कृष्ट मोटरसाइकल बनाउन सकिन्छ भन्ने कुरा यो मोटरसाइकलबाट हिरोले प्रमाणित गरेको छ । उसोत हिरो अहिले संसारमै सबैभन्दा धेरै मोटरसाइकल उत्पादन गर्ने कम्पनीमा पर्छ ।
गतभदौंमा सम्पन्न भएको नाडा अटो शो २०१९मा हिरो एक्सपल्स २०० र २०० टी सार्वजनिक भएको थियो । उक्त मोटरसाइकल हिरोको लागि नेपालको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङले ल्याएको हो । अहिले बजारमा यो मोटरसाइकलको उच्च माग रहेको छ ।

आर्कषक डिजाइन र बजार सुहाउँदो मूल्यका कारण यो अफरोड बाइकले नेपाली बजारमा सफलताको स्वाद चाख्न सुरु गरेको छ । सहरी क्षेत्रमा पछिल्लो समय निरन्तर बजार हिस्सा गुमाउँदै गएको हिरोको लागि गेम चेन्जर बन्ने बाटोमा रहेको यो मोटरसाइकल किन्ने धेरै युवाले सपना बनाई रहेको अनुमान केही सयम गाडीको शोरुममा गएर बस्दा सहजै लगाउन सकिन्छ ।
निकै चर्चामा रहेको यो मोटरसाइकललाई मेरोअटो टिमले काभ्रेको अनैकोट डाँडा पुगेर टेष्ट ड्रइभ गरेको छ ।
हाइवेदेखि कच्ची बाटो
हामीले राइडिङको क्रममा यसलाई भक्तपुरको हाइवे तथा काभे्रको अफरोड साथै उकालो बाटोहरुमा समेत चलाएर अनुभव गरेका छौं । १९९.६ सीसी, २ भल्भ, एयर कुल्ड कार्वुरेटर इन्जिन रहेको यो मोटरसाइकलले कच्ची तथा उकालो सडकमा समेत राम्रो प्रफमेन्स गर्यो ।
८००० आरपीएममा नै १८ बीएच पावर र ६५०० आरपीएममा १७.१ एनएम टर्क प्रदान गर्ने इन्जिनले यसलाई अफरोडमा चलाउन उत्कृष्ट बनाएको छ ।
यद्यपी यसमा एफआई इन्जिनको आवस्यकता बेलाबखत गर्न सकिन्छ । नेपाली बजारमा कार्वुरेटर भेरियन्ट मात्र उपलब्ध रहेपनि भारतमा यसको एफआई भेरियन्टपनि उपलब्ध रहेको छ ।
कम्पनीले यसमा ५ स्पीड गियरबक्स दिएको छ, जुन अफरोडका लागि एकदमै सुहाउँदो रहेको छ । मोटरसाइकलाई उकालो वा ओरालोमा चलाउँदा पहिलो गियरमा नै धेरै स्पीड पाउन सकिन्छ ।
लामो यात्रा गर्नेको लागि महत्वपूर्ण विषय भनेको मोटरसाइकलको ह्यान्डल पोजिसन हातमा प्रेसर फिल हुने किसिमको रहेको छ । तर, ह्यान्डरबारलाई केही अपसाइड एड्जस्ट गरेर चलाउँदा त्यो समस्या हराउन सक्छ ।

१४१२ एमएमको ह्वील वेस तथा २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्सले चालकलाई उच्च अफरोड, हिलो तथा वाटर क्रसहरुमा समेत आत्मविश्वास प्रदान गर्नेछ ।
यो मोटरसाइकलमा अगाडि ३७ एमएमको डबल डीयू बस कम्पनीको टेलिस्कोपीक सस्पेन्सन दिइएको छ जुन अफरोडका लागि एकदमै प्रभावकारी मानिन्छ । पछाडिमा भने १० स्टेप एडजस्टेवल मोनोसक रहेको छ ।
हेडलाइट तथा टेललाइट दुबै एलइडी रहेता पनि हेडलाईटमा भने केही कम भिजिबीलीटी रहेको पाइयो । यसको इन्स्टुमेन्ट कन्सोल भने फिचर लोडेड रहेको छ । फुल डिजिटल रहेको यो कन्सोलमा स्मार्टफोन कनेक्टिभिटी रहेको छ ।
ब्लटूथ कनेक्सन मार्फत यसमा टर्न वाइ टर्न नेभिगेसन, कल अर्लट, एसएमएस जस्ता सुविधा उपयोग गर्न सकिनेछ । यसका अलावा यो कन्सोलमा गियर इन्डिकेटर, ट्रिप मिटर, सर्भिस रिमाइन्डर, साइड स्टयान्ड रिमाइन्डर, एबीएस इन्डीकेटर, ट्रिप मिटर काउन्ट, क्लक, लो ल्यूब इन्डिकेटर, फ्यूल वार्निङ, डिजिटल स्पीडोमिटर र टेकोमिटर जस्ता फिचर रहेको छ ।
मोटरसाइकलको फ्रन्टमा २१ इन्च तथा रियरमा १८ इन्च अफरोड स्पोक ह्वील रहेको छ । दुबै ह्वीलमा डिस्क ब्रेकको साथै सिगंल च्यानल एबीएसले मोटरसाइकलको ब्रेकिङ पावरलाई रेस्पोन्सिभ तथा सुरक्षीत बनाएको छ ।

३ लाख ८५ हजार रुपैयाँमा बिक्री भइरहेको यो मोटरसाइकल हाई माउन्टेड नोच, विन्ड स्क्रिन, सस्पेन्सन, अपस्वेप्ट एक्जष्ट, लगेज बक्स माउन्ट स्पेस जस्ता फिचरले सेग्मेन्टमा नै उत्कृष्ट बनाएको छ ।
नेपाली सडकमा राम्रो उपस्थीति जनाइसकेको यो मोटरसाइकलको माग उच्च रहेको कम्पनीले बताएको छ
मोटरसाइकलको साउन्ड, ह्यान्डरबार, रातको समयमा हेडलाइट भिजिविलिटी जस्ता केही कमजोरीलाई यसको आकर्षक मूल्यले सहजै जित्ने छ । यसले नेपालमा अफरोड राइडिङमा जानेहरुको मन जित्ने र कम्पनीको प्रिमियम सेग्मेन्टमा प्रबेश गर्ने बाटोमा गेमचेन्जर बन्न सक्ने क्षमता राख्छ ।

