अटाे एक्स्पाे २०२० मा आउँदै मारुती सुजुकीको इलेक्ट्रीक एसयूभी कन्सेप्ट

मारुती सुजुकीले अटो एक्स्पो २०२० मा इलेक्ट्रीक एसयूभीको कन्सेप्ट ल्याउने भएको छ । कम्पनीले आगामी फेब्रुअरी ७ देखि १२ सम्म आयोजना हुने अटो एक्स्पोमा ‘फ्युचरो–इ’मा आधारित एसयूभी प्रदर्शन गर्ने भएको हो ।

यो कन्सेप्ट मारुती सुजुकीको कम्प्याक्ट कारमा नभएर ठूलो एसयूभीमा हुने दाबी अटोकारले आफ्नो रिपोर्टमा गरेको छ । अटोकारको दाबी अनुसार कम्पनीले आफ्नो भविष्यमा बन्ने इलेक्ट्रीक एसयूभीहरु यही कन्सेप्टमा आधारित रहेर निर्माण हुने छन् । 

भारतीय अटो उत्पादक कम्पनी टाटा र महिन्द्रा जस्ता ब्राण्डले इलेक्ट्रीक सवारीको आरएनडीमा ठूलो रकम खर्चगर्दै टाटा नेक्सन एसयूभी र महिन्द्रा एक्सयूभी ३०० लाई इलेक्ट्रीकमा उतार्ने तयारी गरेसँगै मारुती सुजुकीले आफ्नो एसयूभी कन्सेप्ट ल्याउन लागेको हो ।

विगतदेखि नै मारुती सुजुकले ल्याउने हरेक कन्सेप्ट कारलाई प्रडक्सन मोडलमा ल्याउने गरेकाले कम्पनीको नयाँ कन्सेप्ट कार चाँडै प्रडक्सन मोडलमा आउने अनुमान गर्न सकिन्छ । कम्पनीले अघिल्लो अटो एक्स्पो २०१८ मा फियुचर एस कन्सेप्ट ल्याएको थियो । उक्त कन्सेप्टमा आधारित एस–प्रेसो अहिले बजारमा बिक्री सुरु भइसकेको छ ।

कम्पनीले ल्याउने नयाँ कन्सेप्टको कुनै आधिकारीक जानकारी भने कम्पनीले अहिलेसम्म दिएको छैन । 


Back_to_top