तीन मोडलमा हाउजेका मोटरसाइकल, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । मोटरसाइकलको बिक्रीमा क्रमिकरुपमा बढोत्तरीसँगै विभिन्न ब्राण्डका मोटरसाइकल नेपाली बजारमा आउन थालेका छन् । यसै क्रममा कृष्ण ट्रेडिङ कन्सर्नले चिनियाँ ब्राण्ड हाउजेका मोटरसाइकल ल्याएको छ । 

कम्पनीले हाउजेको एडभेन्चर मोटरसाइकल एनके १५०, क्रुजर मोटरसाइकल टिआर १५०, नेकेड स्ट्रीटफाइटर केए १५० मोडल र भिएस १२५ स्कुटर बिक्री गर्दै आइरहेको छ । 

चिनियाँ कम्पनीका यी उत्पादनको मूल्य एनके १५०को ३ लाख ५० हजार, टिआर १५० को २ लाख ९५ हजार र केए १५० को मूल्य २ लाख ४८ हजार रुपैयाँ रहेको छ । कम्पनीले बिक्री गर्ने भिएस १२५ स्कुटरको मूल्य भने भने २ लाख ३५ हजार रुपैयाँ तोकिएको छ । 

नयाँ ब्राण्ड नेपाल ल्याएसँगै कम्पनीले देशको विभिन्न सहरको लागि डिलर आह्वान समेत गरेको छ । 

कम्पनीले ल्याएको १५० सिरिजमा १४९ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ११.८ बीएच पावर र ११ एनएम टर्क प्रदान गर्छ । 


Back_to_top