यामाहाले आफ्नो चर्चित मोटरसाइकल वाइजेडएफ आर १५ भी ३.० लाई नयाँ इन्जिनमा सार्वजनिक गरेको छ । भारतीय बजारमा बीएस ६ इन्जिनमा ल्याएको उक्त मोटरसाइकलको मूल्य रेगुलर बीएस ४ इन्जिनको तुलनामा ४ हजार भारु बढी रहेको छ ।
साथमा कम्पनीले यसमा नयाँ कलर अप्सनसमेत थप गरेको छ । नेपाली बजारमा रेगुलर मोडलको आर १५ भी ३.० को मूल्य एबीएस भर्सनको ४ लाख ५५ हजार रुपैयाँ र नन् एबीएस मोडल ४ लाख २९ हजार रुपैयाँमा रहेको छ ।
इन्जिन, ग्राफिक्स र कलरको अलवा मोटरसाइकलमा अन्य कुनै परिमार्जन नगरिएको कम्पनीले जनाएको छ । यो मोटरसाइकल म्याट ब्ल्याक, एल्लो र रेसिङ ब्ल्यु कलरमा उपलब्ध छ । मोटरसाइकललाई यामाहामा रेसिंग ब्लु कलर दिइएको छ । यसमा ट्यांकी, साइड प्यानल, फेयरिंमा मोटोजीपी ब्रेकिङ दिइएको छ ।
यसमा उपलब्ध फोर स्ट्रोक सिंगल सिलिन्डर इन्जिनले १८.६ पीएस पावरका साथै १५ एनएम टर्क उत्पादन गर्छ । ६ स्पीड म्यानुअल गियर बक्स भएको लिमिटेड एडिसनको स्टान्डर्ड विशेषता अन्तर्गत एलइडी हेडल्याम्प, एलइडी टेल लाइट, फुल डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर, १७ –इन्च एमआरएफ टायर तथा स्लिपर क्लच रहेको छ ।
मोटसाइकलको फ्रन्टमा टेलिस्कोपी फर्क र रियरमा मनोशोक दिइएको छ । ब्रेकिङ्ग ड्युटीको लागि यसको अघिल्लो पांग्रामा २८२ तथा पछिल्लो पांग्रामा २२० एमएमको डिस्क ब्रेक लगाइएको छ ।

