केही समय अगाडि मात्र सार्वजनिक भएको हिरो एक्सट्रीम २०० बाइकलाई कम्पनीले पुनः नयाँ अवतारमा ल्याएको छ । भारतीय बजारमा नयाँ एक्सट्रीम २०० एस, हिरो एक्सपल्स २०० एक्सपल्स २०० टी समेत आज सार्वजनिक भएको छ ।
हिरो एक्सट्रीम २०० एसलाई कम्पनीले केही समय अगाडि मात्र सार्वजनिक गरेको थियो । अपेक्षा अनुरुप बिक्री गर्न नसकेपछि कम्पनीले उक्त बाइकलाई नयाँ डिजाइनमा ल्याएको हो ।
यो बाइकलाई कम्पनीले २०१६ अटो सोमा प्रर्दशनिमा राखेको हिरो एचएक्स–२५० आरको लुक्समा ल्याएको हो । कम्पनीले यो बाइकको इन्जिनमा भने कुनै परिर्वतन गरेको छैन । बाइकलाई कम्पनीले नेकेड रोडस्टार डिजाइन दिएको छ । बाइकको फ्रन्टमा अग्लो विन्ड स्कृनका साथै फ्रन्टमा हेडलाइटदेखि इन्जिनसम्म पुरा भाइजरले ढाकिएको छ ।
यसले हिरो एक्सट्रीम २०० एसलाई स्र्पोटी लुक्स प्रदान गरेको छ । साथै कम्पनीले यसमा गरेको अर्को ठुलो परिर्वतन इन्स्टुमेन्ट कल्स्टरमा हो । यसमा रहेका साधारण कल्स्टरलाई कम्पनीले नयाँ सार्वजनिक गरेको बाइक एक्सपल्सको ब्लुटुथ कनेक्टिभिटी कल्स्टरले विस्थापन गरेको छ । यो बाइक भारत प्रदुषण मापदन्ड बीएस ६ अनुरुप बनाएको कम्पनीले जनाएको छ ।
१९६ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन एसओएचसी इन्जिनले १८.४ पीएस पावर तथा १७ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य १ लाख भारतीय रुपैँया पर्ने अनुमान रहेको छ ।


