भारतमा हिरोले ल्यायो एकै दिन ३ नयाँ बाइक, ९४ हजार सुरुवाति मूल्य

हिरोले भारतीय बजारमा एकै दिन तीन नयाँ मोडलका बाइक सार्वजनिक गरेको छ । यी तीन वटै मोडल अबको केही महिनामा नेपाली बजारमा समेत उपलब्ध हुने छन् । कम्पनीले आफ्नो पछिल्लो उत्पादन एक्सपल्स–२००, एक्सपल्स–२०० टी र एक्सट्रीम २०० एस गरी तीन नयाँ मोडल आजदेखि भारतीय बजारमा बिक्री वितरण सुरु गरेको हो । 

निकै अगाडि देखि चर्चामा रहेको एक्सपल्स सिरिजको साथमा नयाँ स्पोटी डिजाइनमा एक्सट्रीम २०० एसलाई बजारमा ल्याएको कम्पनीले यी मोडलको सहयोगमा कम्पनीको बजार हिस्सा अझै बढ्ने विश्वास लिएको छ । 

अहिले पनि भारतीय बजारमा हिरोको बजार हिस्सा ३३ प्रतिशत हाराहारीमा रहेको छ । कम्पनीले मासिक करिब ७ लाख यूनिट मोटरसाईकल तथा स्कुटर बिक्री गर्दै आइरहेको छ ।

एक्सपल्स सिरिज 

कम्पनीले एक्सपल्स–२०० टीलाई यसअघि ‘ईआसीएमए’ मोटर शो–२०१८ मा सार्वजनिक गरिसकेको थियो । हिरो एक्सपल्स–२०० टीमा आधुनिक प्रविधि र रेट्रो स्टाइलिङ्ग दिइएको छ । 

हिरो एक्सपल्स–२०० टीले आरामदायी यात्रा दिन्छ भने, यो लामो दूरीको यात्राको लागिसमेत निकै उपयोगी हुनेछ । यसमा उपलब्ध फिचरहरुमा ब्लूटुथ कनेक्टिभीटी, डिजिटल स्पीडोमिटर, नेभिगेसन, एलईडी हेडलाइट र टेल ल्याम्प दिइएको छ । साथै सुरक्षाको नयाँ मादन्ड अनुसार सिङ्गल च्यानल एबीएस उपलब्ध रहेने छ । 

हिरोको अर्को नयाँ मोडल एक्सपल्स–२०० इन्ट्री–लेभल एड्भेन्चर टुरर बाइक हो । एक्सप्ल्स–२०० को फ्रन्ट र रियरमा २१–१८ इन्च वायर स्पोक–ह्वील र १७ इन्च अलोए ह्वील दिइएको छ । 

कम्पनीले यी दुई बाइकमा २०० सीसी, लिक्वीड कुल सिङ्गल सिलिन्डर इन्जिनमा उपलब्ध गराएको छ । उक्त इन्जिनले १८ बीएचपी पावर र १७ एनएम टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड ट्रान्समिसन जडान गरिएको छ । 

आजबाट भारतीय बजारमा बिक्री वितरण हुने एक्सपल्स २०० काबुरेटेड भर्सनको मूल्य ९७ हजार र फ्युल इन्जेक्टेड भर्सनको मूल्य १ लाख ५ हजार भारतीय रुपैयाँ तोकिएको छ । त्यस्तै एक्सपल्स २०० टीको मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ । 

हिरो एक्सट्रीम २०० एस

केही समय अगाडि मात्र सार्वजनिक भएको हिरो एक्सट्रीम २०० बाइकलाई कम्पनीले पुनः नयाँ अवतारमा ल्याएको छ । भारतीय बजारमा नयाँ आज एक्सट्रीम २०० एस, हिरो एक्सपल्स २०० एक्सपल्स २०० टी समेत आज सार्वजनिक भएको छ । 

हिरो एक्सट्रीम २०० एसलाई कम्पनीले केही समय अगाडि मात्र सार्वजनिक गरेको थियो । अपेक्षा अनुरुप बिक्री गर्न नसकेपछि कम्पनीले उक्त बाइकलाई नयाँ डिजाइनमा ल्याएको हो ।

यो बाइकलाई कम्पनीले २०१६ अटो सोमा प्रर्दशनिमा राखेको हिरो एचएक्स–२५० आरको लुक्समा ल्याएको हो । कम्पनीले यो बाइकको इन्जिनमा भने कुनै परिर्वतन गरेको छैन । बाइकलाई कम्पनीले नेकेड रोडस्टार डिजाइन दिएको छ । बाइकको फ्रन्टमा अग्लो विन्ड स्कृनका साथै फ्रन्टमा हेडलाइटदेखि इन्जिनसम्म पुरा भाइजरले ढाकिएको छ । 

यसले हिरो एक्सट्रीम २०० एसलाई स्र्पोटी लुक्स प्रदान गरेको छ । साथै कम्पनीले यसमा गरेको अर्को ठुलो परिर्वतन इन्स्टुमेन्ट कल्स्टरमा हो । यसमा रहेका साधारण कल्स्टरलाई कम्पनीले नयाँ सार्वजनिक गरेको बाइक एक्सपल्सको ब्लुटुथ कनेक्टिभिटी कल्स्टरले विस्थापन गरेको छ । यो बाइक भारत प्रदुषण मापदन्ड बीएस ६ अनुरुप बनाएको कम्पनीले जनाएको छ ।

१९६ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन एसओएचसी इन्जिनले  १८.४ पीएस पावर तथा १७ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य १ लाख १० हजार भारतीय रुपैँया तोकिएको छ ।


Back_to_top