अपग्रेड भयो हिरो एक्स्ट्रीम १६० आर

काठमाडौं । हिरो मोटोकर्पले एक्स्ट्रीम १६० आरलाई केही कस्मेटीक परिमार्जन सहित बजारमा उतारेको छ । कम्पनीले यसमा सामान्य परिर्वतन मात्रै गरेको हो ।

हिरो मोटोकर्पले भारतमा आज यसलाई सार्वजनिक गरेको हो । नयाँ भर्सनको मूल्य १ लाख १७ हजारदेखि १ लाख २२ हजार भारतीय रुपैयाँसम्म निर्धारण गरेर सार्वजनिक गरेको हो ।

एक्स्ट्रीम १६० आरको सिधा प्रतिस्पर्धा बजाज एन १६० र अपाचे आरटीआर १६० फोर भीसँग हुँदै आएको छ । नयाँ २०२२ भर्सनमा कम्पनीले सामान्य कस्मेटीक परिर्वतन गरेपनि मेकानीकल परिर्वतन भने गरेको छैन ।

हिरोले यसकमा नयाँ पिलियन ग्रयावरेल दिइएको छ भने, सिटसमेत परिर्वतन गरेको छ । सिंगल पिस सिटको साथ केही सिट हाइट पनि बढाइएको छ ।

एक्स्ट्रीम १६० आरमा १६० सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १५ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स उपलब्ध छ ।


Back_to_top