काठमाडौं । मिनी कुपरले आफ्नो पहिलो क्रसओभर इलेक्ट्रीक मोडल ‘एसम्यान’को कन्सेप्ट सार्वजनिक गरेको छ । बेलायती ब्राण्ड मिनी प्रिमियम कार उत्पादनमा प्रसिद्ध नाम हो ।
कम्पनीले ‘एसम्यान कन्सेप्ट’लाई इलेक्ट्रीक मोडलमा मात्रै ल्याउने जनाएको छ । कम्पनीले यसअघि विक्री गर्दै आएका मोडलभन्दा यसको डिजाइन भिन्न गरेको देख्न सकिन्छ ।

एसम्यान कन्सेप्टलाई झट्ट हेर्दा लगभग प्रोडक्सनको लागि तयार रहेको जस्तो अनुभुती गर्न सकिन्छ । मिनीले यसको लम्बाई ४०५० एमएम, चौडाई १९९० एमएम र उचाई १५९० एमएम दिएर तयार गरेको छ । यसको चौडाई धेरै भएको कारण यो क्रसओभर निकै फराकिलो हुने अनुमान गर्न सकिन्छ ।
पृथक स्टेरिङ ह्वील, क्रोम र लेदर विनाको ड्यासबोर्ड तथा सिट एसम्यान कन्सेप्टमा दिइएको छ । गोलो आकारको इन्फोटेन्टमेन्ट सिस्टम, २० इन्चको अलोय ह्वील पनि यसमा पाउन सकिन्छ ।
कन्सेप्टको चर्चा भएपनि कम्पनीले अहिलेसम्म यसमा प्रयोग हुने ब्याट्री, मोटर लगायतका टेक्नीकल विषयमा कुनै जानकारी दिएको छैन ।

