काठमाडौं । सिप्रदी ट्रेडिङले नेक्सन ईभी नेपालमा विक्री सुरु गरेको एक वर्ष पुरा भएको छ । एक वर्षको अवधिमा करिब ७ सय यूनिट नेक्सन ईभी विक्री भएको छ, भने देशका मुख्य सहरमा चार्जिङ नेटवर्क तयार भएको छ ।
इलेक्ट्रीक कारमा यति ठूलो सफलता पाउने टाटा पहिलो ब्राण्ड हो । यसको सफलताको प्रमुख कारण आकर्षक वनोट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमता आदि हुन् ।
त्यसैगरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुबाट यो सुसज्जित छ । ‘फास्ट र स्लो चार्जिङ्ग’ दुवैको लागि चर्जिङ्ग स्टेशनको वृहत संजाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन ईभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको कम्पनीको दावी छ ।
एक वर्षको अवधिमा सिप्रदीले १६ डिसी फास्ट चार्जरको संजाल तयार गरेको छ । साथै, होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ ।
नेक्सन इभीको नेपालमा विक्री वितरण भएको प्रथम वर्ष पूरा भएको अवसरमा यसको ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछ ।


