हेक्टर फेसलिफ्ट जनवरी ५ मा लन्च हुने, तीन इन्जिन अप्सनमा किन्न पाइने

काठमाडौं । आगामी जनवरी ५ तारिखमा एमजी इन्डियाले हेक्टर फेसलिफ्ट लन्च गर्ने गर्ने भएको छ । ब्रिटिस ब्राण्ड मोरिस ग्यारेज (एमजी) ले भारतमा उत्पादन गरेको हेक्टर फेसलिफ्टलाई वेलायतको लन्डनमा परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएसँगै सार्वजनिक हुने मिति पनि घोषणा भएको हो ।

सार्वजनिक तस्विरका अनुसार हेक्टर फेसलिफ्टमा नयाँ डिजाइनको फ्रन्ट फेसिया देख्न सकिन्छ । यसमा नयाँ डिजाइनको क्रोम फ्रन्ट ग्रिलको साथै रि–डिजाइन गरिएको फ्रन्ट बम्पर तथा स्प्लीट हेडल्याम्प देखिएको छ ।

हेक्टरको क्यावीनमा १४ इन्चको विसाल टचस्कृन इन्फोन्टेन्मेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील तथा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । फेसलिफ्ट मोडलमा सबैभन्दा ठूलो अपडेटको रुपमा ‘एड्भान्स ड्राइभ असिस्ट सिस्टम’ (एडास)को समेत सुविधा थप हुनेछ ।

एमजीको हेक्टर अहिले भइरहेको हेक्टर कै मेकानिकल स्पेकमा आउनेछ । यसमा २.० लिटरको डिजेल, १.५ लिटरको टर्बो पेट्रोल तथा १.५ लिटर माइल्ड हाइब्रिड इन्जिनमा उपलब्ध हुनेछ ।


Back_to_top