काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता होण्डाले बजारमा ल्याएको १ वर्ष नपुग्दै दुई मोडलका इलेक्ट्रीक स्कुटरको उत्पादन बन्द गरेको छ ।
होण्डाले भारतमा पहिलो पटक निर्माण गरेको आफ्नो एक्टिभा ई र क्यूसी १ इलेक्ट्रीक स्कुटरको उत्पादन बन्द गरेको हो ।
होण्डा इन्डियाले यी दुवै इलेक्ट्रीक स्कुटर २०२५ फेब्रुअरीमा बजारमा ल्याएको थियो ।
भारतीय मिडियाहरूमा आएको रिपोर्ट अनुसार यी दुवै मोडलको उत्पादन बन्द भइसकेको बताइएको छ । तर, निर्माताले हालसम्म यस बारे कुनै आधिकारिक जानकारी दिएको छैन ।
रिपोर्ट अनुसार यी दुई इलेक्ट्रीक स्कुरको बजारमा माग नभएपछि होण्डा इन्डियाले उत्पादन बन्द गरेको हो ।
कम्पनीले ११ महिनाको अवधिमा दुवै मोडल गरी कुल ११ हजार १६८ युनिट मात्रै स्कुटर उत्पादन गरेको थियो । जसमध्ये ५ हजार २०१ युनिट डिलरहरूलाई पठाइएको थियो।
यी युनिटहरूमध्ये ४ हजार ४६१ युनिट क्यूसी १ र बाँकी ७४० युनिट एक्टिभा ई मोडल थियो । यस बाहेक अन्य युनिटहरू बजारमा बिक्री भएका छैनन् र उत्पादन पनि गरिएको छैन ।

