काठमाडौं । होन्डाले २०० सीसी क्षमताको एडभेञ्चर मोटरसाइकल बजारमा ल्याउने भएको छ । कम्पनीले नयाँ मोटरसाइकलको प्याटेन्ट दर्ता गराएसँगै नयाँ एडभेञ्चर मोटरसाइकल ल्याउन लागेको प्रस्ट भएको हो ।
होन्डाले भर्खरै मात्र यसको प्याटेन्ट दर्ता गराएकाले यसको उत्पादन २०२२ बाट मात्रै सुरु हुने अनुमान गरिएको छ । होन्डा अहिले पनि एडभेञ्चर मोटरसाइकल उत्पादनमा अग्रणी कम्पनी रहँदै आएको छ । यस्तोमा बजारमा आफुलाई थप बलियो बनाउन नयाँ मोटरसाइकल ल्याउन लागेको बताइन्छ ।
होन्डाले ल्याउने नयाँ मोटरसाइकल इन्ट्री लेवल प्रिमियम सेगमेन्टको हुने छ । प्याटेन्ट डिजाइनका आधारमा उक्त मोटरसाइकलको अगाडि २१ इन्चको ह्विल हुने छ भने पछाडि १८ इन्चको ह्विल हुने छ । मोटरसाइकल सिंगल डाउनट्युब फ्रेममा रहेको छ । यसको फ्रन्ट ह्विलमा लङ ट्राभल फोर्क्स र पछिल्लो भागमा मोनोसक एब्जर्बर छ ।
यसमा २०० सीसी क्षमताको सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन रहने छ । यद्यपी यसको पावर, माइलेज र टर्कको विषयमा केही जानकारी दिइएको छैन ।


