काठमाडौं । सन् २००१ बाट नेपालमा बजाज पल्सर मोटरसाइकलको बिक्री सुरु भएको हो । गोल्छा अर्गनाइजेशन अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सरलाई नेपाली बजारमा ल्याएको हो ।
भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाजको पल्सर नेपालमा वार्षिक ८० हजार यूनिट हाराहारीमा बिक्री भइरहेको छ । उसोत कम्पनीले पल्सरलाई विभिन्न रेञ्जमा बिक्री वितरण गर्दै आइरहेको छ ।
विगत २ वर्षदेखि पल्सर सिरिजको एसेम्बलसमेत नेपालमा नै हुँदै आइरहेको छ । किन यतिधेरै पल्सरको क्रेज युवामा अझै पाइन्छ भन्ने हाम्रो प्रश्नमा कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छा भन्छन्, ‘पल्सर आफैँमा एउटा बलियो ब्राण्डको रुपमा नेपालमा बिक्री हुन्छ । हामीले दिने सेवा, उत्कृष्ट डिजाइन र पावर यसको मुख्य आकर्षण हो ।’

अहिले नेपालमा पल्सर १२५, १५०, पल्सर एनएस १६०, पल्सर एनएस २०० र पल्सर २२० एफका विभिन्न भेरियन्टसहित बिक्री हुँदै आएका छन् । त्यसमा पनि पल्सर १५० र २२० तथा एनएस २०० निकै सफल रहेका छन् ।
हामीले पल्सरका विभिन्न क्षमताका मोटरसाइकल चढ्ने उपभोक्तलाई पल्सर छनोट गर्नुको कारण सोध्दा सबैले लगभग उस्तै कारण देखाएका छन् ।
१. मूल्यः पल्सर सिरिजको सुरुवाति मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । यसको उपत्यकामा बिक्री सुरु हुनै लाग्दा कोरोना भाइरसको कारण लकडाउन सुरु भएकाले कम्पनीले यसको बिक्री सुरु गर्न भ्याएको थिएन ।
यसका अलावा १५० रेगुलर मोडलको २ लाख ५७ हजार ९००, टुइन डिस्क भेरियन्टको २ लाख ६७ हजार ९००, एनएस १६० एबीएसको २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । त्यसैगरि कम्पनीले विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको एनएस २०० को ३ लाख ३६ हजार ९०० देखि ३ लाख ५६ हजार ९०० रुपैयाँसम्म रहेको छ । त्यस्तै सर्वाधिक सफल मध्यको अर्को मोडल पल्सर २२० एफको मूल्य ३ लाख १६ हजार ९०० रुपैयाँ रहेको छ ।

२. डिजाइनः बजाजका मोटरसाइकल सर्वाधिक बिक्री हुनुमा यसको डिजाइन मुख्य रहेको बताउने धेरै पाइन्छन् । प्रिमियम डिजाइनमा कम मूल्य भएकै कारण बजाज हरेक वर्गको रोजाइमा पर्ने गरेको छ । यसको हेडल्याम्प, बडी प्यानल र इन्ट्रुमेन्ट क्लष्टर निकै आकर्षक रहेको छ ।
३. पावरः हरेक सेग्मेन्टमा पल्सरले आफ्नो मोटरसाइकल पावरफुल तयार गरेको छ । प्रतिस्पर्धी मोडलको तुलनामा पल्सरले औषतमा २ बीएचभन्दा बढी पावर प्रदान गर्ने छ । त्यसैले युवाहरुको मुख्य आकर्षण यसमा रहने गरेको पाइन्छ ।
४. सर्भिसः बजाज पल्सर मोटरसाइकको सबैभन्दा बलियो मध्यको अर्को पक्ष सर्भिस हो । कम्पनीले खोलेका धेरै सर्भिस सेन्टरले यसको विस्वसनियता बढाएको छ भने लोकल ग्यारेज संचालकले पनि सजिलै बजाजका मोटरसाइकलमा सर्भिस दिन सक्ने छन् ।
अहिले नेपालमा बिक्री हुने मोटरसाइकलमा बजाजको सर्भिस उत्कृष्ट मध्येको एक भएको उपभोक्तको बुझाई छ । हिमाल, पहाड र तराईका सबै स्थानमा बजाजले सर्भिस सेन्टर स्थापना गरेर सेवा प्रदान गरिरहेको छ ।

५. सस्तो पार्टसः मोटरसाइकल चढ्न सुरु गरेपनि त्यसका पार्टसमा पनि समस्या आउन थाल्छन् । यस्तोमा सर्बसुलभ पार्टसले उपभोक्तलाई तान्ने गर्छ । बजाजले पनि तुलनात्मकरुपमा आफ्ना पार्टसको मूल्य कमनै राखेर बिक्री गर्दै आएको छ ।
जुनसुकै कुनामा मोटरसाइकल बिग्रियपनि सहजै पार्टस पाउने भएकाले ग्राहकको आकर्षण बढ्दै गएको हो ।
६. नेपाल मै उत्पादनः बजाज नेपालमै मोटरसाइकल एसेम्बल गर्ने पहिलो ठूलो कम्पनी हो । अहिले बजाज पल्सर सिरिजका सबै मोटरसाइकल नेपालमा नै एसेम्बल हुँदै आएका छन् । यसले पनि क्रमिक रुपमा कम्पनीको विस्वनियता बढाउँदै लगेको छ ।


