होन्डा सीबी ३०० आर भारतमा आज सार्वजनिक हुँदै, यस्ता छन् बिशेषता

होन्डाले भारतीय बजारमा सीबी ३०० आर रेट्रो बाइक आज सार्वजनिक गर्दै छ । भारतीय मिडियमा यसको लन्च बारे धेरै नै बहस भएको थियो । यस अघि मार्चमा लन्च गर्ने हल्ला फैलिएकोे यो बाइक कम्पनीले आज लन्च गर्दै छ ।  यसलाई कम्पनीले होन्डाको प्रिमियम डिलर नेटर्वकबाट बुकिङ समेत लिइरहेको छ । 

उक्त बाइक नेपाली बजारमा अहिल्यै आउने वा नआउने भन्ने विषयमा टुङ्गो लागि सकेको छैन ।

होन्डा सिबि ३०० आर भारतीय बजारमा धेरै प्रतिक्षा गरिएको बाइक हो । 

 डिजाइन

कम्पनीका अनुसार होन्डा सीबी ३०० आरको डिजाइन नियो स्पोर्टस् क्याफेको रेट्रो स्टाइलमा रहेको छ ।

बाइकमा फुल एलइडी राउन्ड हेडल्याम्प रहेको छ । बाइकको ह्यान्डल अप साइड बार रहेको छ साथै फुल डिजिटल कन्सोल, अल एलइडी लाइट जस्ता फिचर रहेको छ । फ्रन्टमा ४१ एमएम अप साइड डाउन र्फक र पछाडी ५ स्टेप प्रो लिकं मोनोसक रहेको छ । 

फिचर्स

होन्डा सीबी ३०० आर सेग्मेन्टमा पहिलो इन्टेरियल मेजरमेन्ट सिस्टमा आधारीत ड्यूल च्यानल एबिएससहित आएको छ । यसले ब्रेकिङ् सिस्टममा दुबै ह्वीलमा परिर्माजित गरेर यसको फोर्सलाइ डेलिभर गर्छ । फ्रन्टमा २९६ एमएम तथा रियरमा २४० एमएमको ४ पिस्टन क्यालिपर डिस्क ब्रेक रहेको छ । बाइकमा मेचिलिन पाइलट स्ट्रीट ट्यूवलेस टायर रहेको छ । 

इन्जिन, माइलेज

२८६ सीसी लिक्वीड कुल्ड, ४ भल्भ, एफआइ इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा ३१ बीएचपी तथा ७५०० आरपीएममा २७।५ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको ट्रान्समिसन जडित यो बाइकमा १० लिटरको फ्यूल ट्याङ्क दिइएको छ । यो बाइकले ३०० किलोमिटर रेन्ज प्रदान गर्छ । एभरेजमा यसको माइलेज ३० किलोमिटर प्रतिलिटर पर्न जान्छ ।

मूल्य, प्रतिस्पर्धा

होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले यो बाइकको मूल्य भारतीय बजारमा २ लाख ५० हजार एक्स शोरुम प्राइस निर्धारण गर्ने अनुमान गरिएको छ । यो बाइले भारतीय तथा नेपाली बजारमा बिएडब्ल्यू जि ३१० आर र केटीएम ३९० सँग प्रतिस्पर्धा गर्ने छ । 


Back_to_top