होन्डाको नयाँ रेट्रो डिजाइन मोटरसाइकल नेपाल आउने

काठमाडौं । होन्डाले रेट्रो डिजाइन सिबी ३५० आरएस नेपाल ल्याउने भएको छ । स्याकार ट्रेडिङले नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको हो ।

असार पहिलो साता कम्पनीले हाइनेस सिबी ३५० नेपाल ल्याएको थियो । सिबी हाइनेसको सफलताबाट उत्साहित बनेको कम्पनीले रेट्रो डिजाइनमा नयाँ मोटरसाइकल साउन अन्तिमसम्ममा नेपाल ल्याउन लागेको हो । स्याकार ट्रेडिङले नयाँ सिबी ३५० आरएस नेपालमा सार्वजनिक गर्ने अन्तिम तयारी थालेको हो ।

सिबी ३५० आरएस मोर्डन डिजाइनमा आएको रेट्रो क्लासीक मोटरसाइकल हो । यो मोटरसाइकलमा सिबी ३५० हाइनेसका अधिकांश फिचर प्रयोग भएको छ ।

यो मोटरसाइकलमा ३४८ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ५५०० आरपीएममा अधिकतम २०.८ बीएच पावर तथा ३००० आरपीएममा अधिकतम ३० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्सका साथै मल्टिप्लेट वेट क्लच उपलब्ध रहेको छ ।

सिबी ३५० आरएसको लम्बाई २१७१ एमएम, चौडाई ८०४ एमएम, उचाई १०९७ एमएम, ह्वीलबेस १४४१ एमएम, सिट हाइट ८०० एमएम रहेको छ । यो मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १६८ एमएम छ । उच्च ग्राउन्ड क्लियरेन्स र एपस्व्यप्ट एक्जष्टले यो मोटरसाइकलाई अफरोडका लागि समेत उपर्युक्त बनाएको छ ।

त्यसैगरी यो मोटरसाइकलमा हाल्फ डुप्लेक्स कार्डल फ्रेमको प्रयोग गरिएको छ भने, अगाडि टेलिस्कोपिक र पछाडि ट्वीन हाइड्रोलिक सस्पेन्सन दिइएको छ । यसमा १९ इन्चको फराकिलो टायर र दुबै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ ।

सिबी ३५० आरएसमा सबै किसिमका लाइट एलइडी प्रयोग भएको छ । सेमी डिजिटल कन्सोल, ब्लुटुथ कनेक्ट फिचर, असिस्ट सिल्पर क्लच, डबल च्यानल एबीएस, स्मार्टफोन भ्वाइस कन्ट्रोल, साइड स्ट्यान्ड सेन्सर, ड्यूल टोन पेन्ट, हार्जाड लाइट जस्ता फिचरले मोटरसाइकललाई उत्कृष्ट बनाएको छ ।

हाल नेपाली बजारमा उपलब्ध होन्डा सीबी हाइनेस ३५० को मूल्य ७ लाख ५० हजार रुपैयाँ रहेको छ भने होन्डा सीबी आरएसको मूल्य ८ लाखभन्दा केही कम पर्ने अुनमान गर्न सकिन्छ ।


Back_to_top