यामाहाले बढायो मोटरसाइकल तथा स्कुटरको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

फाइल तस्विर

काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि भएको छ । कम्पनीले यसअघि नै मोटरासइकल तथा स्कुटरको मूल्य बढ्ने जानकारी गराएर मूल्य वृद्धि गरेको हो ।

जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहाको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लूले आफ्ना सबैजसो मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको हो ।

कम्पनीले आफ्ना स्कुटर तथा मोटरसाइकलमा ४ देखि ९ हजार रुपैयाँसम्म मूल्य वृद्धि गरेको छ । कम्पनीका अनुसार भारतीय बजारमा मोटरसाइकलको मूल्य वृद्धि भएका कारण नेपाली बजारमा यसको असर देखिएको हो । लगातार भारतीय बजारमा धेरै जसो मोटरसाइकल कम्पनीले मूल्य वृद्धि गर्दै आएका छन् । त्यसको असर नेपाली बजारमा अन्य ब्रान्डमा समेत देखिएको छ ।

यामाहाले एफजेड भी टु, एमटी १५, आर थ्री, फेजर २५, रेजेड आर स्ट्रीट र्याली ११३, एक्सटीजेड १२५ र एनम्याक्स १५५ स्कुटरको मूल्य यथावत नै राखेको छ । यी मोडलको बाहेक अन्य मोडलमा मूल्य वृद्धि भएको हो ।

त्यसैगरी सबैभन्दा धेरै मूल्य वृद्धि हुनेमा एसजेड आरआर रहेको छ । यो मोटरसाइकलको मूल्य ९ हजार रुपैयाँले वृद्धि भएको छ भने एफजेड भी टु र आर १५ भी ३ को मूल्य ४ हजार रुपैयाँले वृद्धि भएको छ ।


Back_to_top