काठमाडौं । होन्डा डिओ-१२५ को डेलिभरी सुरु भएको छ । स्याकार ट्रेडिङ कम्पनीले नाडा अटो शो २०२३ मा प्रदर्शन गरेको होन्डा डिओ-१२५ को डेलिभरी सुरु गरेको हो ।
कम्पनीले २ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर डिओ-१२५ को विक्री सुरु गरेको हो ।
कम्पनीले होन्डा डिओ-१२५ को दुई भेरियन्ट नेपाली बजारमा उपलब्ध गराएको छ । यसको टप भेरियन्टको मूल्य भने ३ लाख ९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
होन्डा डिओ-१२५ ले यामाहा रे-जेडआर-१२५ र एनटर्क-१२५ सँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तो छ स्कुटर
नयाँ होन्डा डिओमा १२३.९ सीसी क्षमता भएको एयर कुल्ड एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ८.१४ बीएच पावर र १०.३ एनएम टर्क जेनेरेट गर्छ ।
डिओ-१२५ मा मोर्डन टेल ल्याम्प, नयाँ स्प्लिट ग्रयावरेल, डिस्कब्रेक, अलोय ह्वील, नयाँ ग्राफिक्स डिजाइन, नयाँ बोल्ड लोगो, डुवल आउटलुट मफलरको साथ क्रोम फिनिसिङले स्कुटरको लुक्स पहिलेभन्दा थप स्पोर्टी देखिएको छ ।
त्यसैगरी, डिओ-१२५ मा डिजिटल स्पीडोमिटर दिइएको छ । जसमा औषत इन्धनको खर्च, बाँकी पेट्रोलले दिने रेन्ज जस्ता सुचना दिन्छ । यसका साथै, नयाँ डिओमा डिजिटल डिस्प्ले, ट्रिप मिटर, समय, साइड स्ट्यान्ड इन्डिकेटर, स्मार्ट कि, एलइडी हेडलाइट, एलइडी पोजिसन लाइट, ब्याट्री इन्डिकेटर, सर्भिस ड्यू इन्डिकेटर दिइएको छ ।
कम्पनीले नयाँ डिओमा आइडल स्टप सिस्टम, १२ इन्चको फ्रन्ट ह्वील, टेलिस्कोपीक सस्पेन्सन, कम्बी ब्रेकिङ सिस्टम, १८ लिटर अन्डर सिट स्टोरेज स्पेस, स्मार्ट स्टार्ट, स्मार्ट फाइन्ड, स्मार्ट अनलक जस्ता थुपै फिचरहरु दिएको छ ।

