काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले सुरुवाती २५० जना ग्राहकलाई न्यूनतम ५० हजार रुपैयाँ मूल्याङ्कन दिएर एक्सचेन्ज सुविधा प्रदान गर्ने भएको छ ।
स्याकार ट्रेडिङले तिहार एक्सचेन्ज महोत्सव नामक आकर्षक ग्राहकमुखी कार्यक्रम ल्याएर स्कीम दिएको हो । कम्पनीले ल्याएको स्कीममा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले प्रत्येक एक्सचेन्जमा ७ हजार नगद छुट वा अहिले चलिरहेको दशैं÷तिहार योजना मध्ये एक रोज्न सक्ने जारी विज्ञप्तीमा उल्लेख छ ।
तिहार एक्सचेन्ज महोत्सव कार्तिक १ देखि सुरु भइसकेको छ । आगामी आइतबारसम्म चल्ने यो स्कीममा ग्राहकले होन्डाका सफल मोटरसाइकल तथा स्कुटरहरु आफ्नो अवश्यकता अनुसार छानेर खरिद गर्न सक्नेछन् ।


