यामाहा आर १५ भर्सन ४ सार्वजनिक, आयात नखुले धेरैले किन्न नपाउने

काठमाडौं । यामाहाको नयाँ मोटरसाइकल आर १५ भर्सन ४ को विक्री सुरु भएको छ । कम्पनीले केही समय अगाडि नेपाली बजारमा सार्वजनिक भएको आर १५ भर्सन ४ को विक्री सुरु गरेको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले नक्सालमा निर्मित ब्लू स्क्वायर शोरुममा आर १५ भर्सन ४ सार्वजनिक गरेको हो ।

यामाहाको इन्ट्री लेबल स्पोर्टस मोटरसाइकल आर १५ को नयाँ भर्सन ४ कम्पनीले भृकुटीमण्डपमा जारी मेलामा सार्वजनिक गरेको थियो । उक्त कार्यक्रममा बोल्दै एमएडब्ल्यू यामाहा डिभिजनका सीईओ राजु क्षेत्रीले सीमित संख्यामा मात्र भर्सन ४ आएको बताए । हाल भइरहेको आयात प्रतिबन्धका कारण सबैलाई यो मोटरसाइकल उपलब्ध गराउन सहजता नभएको बताए ।

आर १५ भर्सन भी ४ मा कम्पनीले क्वीक सिफ्टर, स्लिपर क्लच, ट्रयाक्सन कन्ट्रोल, राइडिङ मोड जस्ता फिचर दिएको छ । यसको फ्रन्ट लुक नयाँ डिजाइनमा दिएको छ भने सिंगल पड हेडल्याम्पका साथै डिआरएल दिइएको छ ।

यो मोटरसाइकलमा १५५ सीसी क्षमताको लिक्वीड कुल्ड भिभिए एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १८.३ बीएच पावर र १४.१ एनएम टर्क प्रदान गर्छ । यसका ६ स्पीड गियरबक्सको साथमा स्लीपर क्लच दिइएको छ । यो मोटरसाइकलको कुल तौल १४२ किलोग्राम रहेको छ ।

आर १५ भी ४ मा परिमार्जन गरिएको एग्जस्ट, ठूलो विन्ड स्कृन, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्लुटुथ कनेक्टीभीटी, नयाँ ठाउँमा पुटपेग, अपडेट गरिएको बडी ग्राफिक, यूएसडी फर्क, नयाँ हेडलाइट जस्ता परिमार्जन पाउन सकिन्छ ।

यो मोटरसाइकलको मूल्य ५ लाख ६२ हजार रुपैयाँ तोकेर विक्री सुरु भएको हो ।


Back_to_top