टीभीएस रेडरको नयाँ भर्सन सार्वजनिक, थपियो नयाँ फिचर

काठमाडौं । टीभीएस रेडर १२५ को अपडेटेड भर्सन भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले रेडरमा टीएफटी डिस्प्लेसहित अन्य फिचर थप गरेर सार्वजनिक गरेको हो ।

टीभीएस रेडर भारतीय तथा नेपाली बजारमा निकै रुचाइएका मोटरसाइकल रहेको छ । कम्पनीले रेडरको टप भेरियन्टको रुपमा यसमा टीएफटी डिस्प्ले, आयल कुलिङ सिस्टम, साइलेन्ट स्र्टाट र नेभिगेशन थप गरेर सार्वजनिक गरेको हो । कम्पनीले टीभीएस रेडरको टप भेरियन्टको मूल्य १ लाख (एक्स सोरुम) भारतीय रुपैयाँ निर्धारण गरेको छ ।

यो मोटरसाइकलमा स्टाइलिस डिजाइन र मस्कुलर फ्यूल ट्याङ्क, स्लीक वेली प्यान र स्प्लीट सिट पाउन सकिन्छ ।
कम्पनीले यसमा अन्य मेकानिकल परिर्वतन भने गरेको छैन् ।

रेडर १२५ अर्को मुख्य आकर्षण यसको पावर हो । यसमा रहेको १२५ सीसी क्षमताको इन्जिन निकै पावर फुल रहेको छ । यसमा रहेको १२४.८ सीसी क्षमताको थ्रि भल्भ, आयल कुल्ड, एफआई इन्जिनले ७५०० आरपीएममा ११.३८ पीएस पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

टीभीएसले राइडरमा अगाडि टेलिस्कोपीक फर्क र पछाडि ग्यास चार्ज्ड मोनोशक सस्पेन्स दिइएको छ । यसमा २४० एमएमको फ्रन्ट डिस्क र १३० एमएमको रियर ड्रम ब्रेक दिएको छ ।

१२५ सीसीको मोटरसाइकलमा पूर्णत डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ । उक्त क्लष्टरमा गियर इन्डिकेटर, डिस्ट्यान्स टु इम्पीटी जस्ता फिचर उपलब्ध रहेका छन् । साथै, मोटरसाइकलमा यूएसबी चार्जर, टीभीएस स्मार्ट कनेक्ट, एलइडी हेडल्याम्पको साथमा डे टाइम रनिङ लाइट, एलइडी टेल लाइट जस्ता उत्कृष्ट फिचर उपलब्ध रहेका छन् ।

नेपाली बजारमा टीभीएस रेडर १२४ को वेस भेरियन्ट विक्री हुँदै आएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले अपडेटेड रेडर २०२३ को मध्यसम्ममा नेपाल भित्र्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top