थप आक्रमक बन्दै एमजी, नयाँ मोडल र फास्ट चार्जर जडान तिब्र

काठमाडौं । मोरिस ग्यारेज (एमजी) को आधिकारीक विक्रेता पारामाउन्ट मोटर्स थप आक्रमक बजार विस्तारको रणनीतिमा देखिएको छ । कम्पनीले लङ रेन्ज जेडएस ईभीको बुकिङ खुल्ला गरेसँगै फास्ट चार्जर जडानलाई तिब्रता दिएको हो ।

एमजीले अहिलेसम्म काठमाडौं बाहिर ५ स्थानमा चार्जिङ सेन्टर निर्माण गरिसकेको छ । कम्पनीले मुलकोटको अक्क्षीत वीच रिसोर्ट, चितवनको रोयल सेन्चुरी होटल, कुरिनटारको रिभरसाइड स्प्रीङ रिसोर्ट, बुटवलको होटल डेनोभो र ढल्केबगरको कोमल होटलमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरेको छ ।

त्यसैगरी कम्पनीले थप १२ स्थानमा केही महिना भित्रै फास्ट चार्जर जडान गर्ने भएको छ । कम्पनीले तयार गरेको रणनीति अनुसार उपत्यकाको कुशुन्तीमा निर्माण भएको स्टेट अफ दि आर्ट सर्भिस सेन्टरमा २ वटा फास्ट चार्जर जडान हुनेछ ।

साथै, इटहरी, विर्तामोड, वर्दिवास, बिरगंज, हेटौडा, पोखरा, नौविसे, गाइघाट, दाङ, नेपालगंज र धनगढीमा छिट्टै फास्ट चार्जर जडान हुनेछ ।

थप नयाँ मोडलको तयारी

एमजीले बजारमा विक्री गर्दै आएको जेडएस ईभीको अलावा अन्य तीन मोडल सन् २०२३ मा नेपाल ल्याउन सक्ने छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा विक्री हुँदै आएको एमजी ५ सेडान, एमजी ४ ह्याचव्याक र भारतमा उत्पादन सुरु हुन लागेको मिनी कार नेपाल ल्याउन सक्नेछ ।

एमजी जेडएस ईभीको स्टायडर्ड भेरियन्टको विक्री भने सन् २०२३ को जनवरीबाट सुरु गर्ने तयारी भइरहेको कम्पनी स्रोतको भनाई छ ।


Back_to_top