विद्युतीय गाडीले भरियो ‘पेरिस मोटर शो’, यी हुन् मुख्य आकर्षण

काठमाडौं । गत सोमबारबाट सुरु भएको पेरिस मोटर शोमा विद्युतीय गाडीको बर्चश्व देखियो । विशेषत ब्याट्री इलेक्ट्री गाडी उत्पादनमा चिनियाँ, युरोपीयन र अमेरिकी अटोमोवाइल कम्पनीले आफ्नो नयाँ नयाँ न्यू इनर्जी भेहिकलको कन्सेप्ट सार्वजनिक गरेका छन् ।

विश्वकै पुरानो मध्येको एक पेरिस मोटर शोमा फ्रेन्च कम्पनील रेनोले धेरै भिजिटरलाई आकर्षित गर्न सफल भएको मिडिया रिपोर्टहरुमा उल्लेख छ । रेनोको फोरएभर ट्रफी कन्सेप्टले सबैभन्दा धेरै चर्चा पायो ।

रेनोले आफ्नो क्लासिक रेनो ४ लाई मोर्डन कम्प्याक क्रसओभर प्याकेजमा रिडिजाइन गरेर देखाएको थियो । उक्त कन्सेप्टमा रुफ माउण्टेड स्पेयर टायर राखिएको छ, त्यसले गर्दा सबैको ध्यान खिच्न सफल रहेको हो । सन् २०२५ बाट मात्र विक्रीमा आउने यो कारको प्रोडक्सन भर्सन भने कति समान देखिनेछ त्यो भने हेर्न बाँकीनै छ ।

विश्वभर एसयूभी एक्पर्टको रुपमा चिनिने अमेरिकी ब्राण्ड जीपले सप्र्राइज रुपमा आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी एभेन्जर देखाएको छ । रग्ड र पावरफुल अफरोड एसयूभी बनाउने जीपले आफु पनि विद्युतीय गाडी उत्पादनको रेसमा अब्बल रहेको देखाएको छ ।

फोर बाइ फोर क्यापाविलीटी हुने एभेन्जरमा डिउल मोटर सेटअप रहनेछ । दुई वटा मोटरको संयुक्त पावर ३०० हर्स पावरको हुने र यसमा ५४ किलोवाट आवरको व्याट्री प्याक रहने अनुमान गरिएको छ ।

चिनियाँ ब्राण्ड बीवाइडीले ३ वटा नयाँ मोडल प्रदर्शन गरेको छ । बीवाइडीले टेस्ला मोडल थ्रीको प्रतिस्पर्धीको सेडान कार सिल देखाएको छ । यो कार टेस्लाको मोडल थ्रीभन्दा लामो तथा अग्लो रहेको छ । त्यस्तै बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको क्रसओभर एसयूभी एटो थ्री पनि शोकेश गरेको छ । तेस्रो आकर्षणको रुपमा बीवाइडीले आफ्नो ७ सिटे एसयूभी ट्याङ समेत देखाएको छ ।

त्यस्तै अर्को चाइनीज कम्पनी ग्रेटवाल मोटर्सको ईभी ब्राण्ड ओराले ‘द नेक्स्ट ओरा क्याट’को रुपमा कफी ०१ र कफी ०२ देखाएको छ । द नेक्स्ट ओरा क्याट फोर डोर भएको कुप्पे डिजाइनको फुल्ली इलेक्टीक कार हो । यसको सिधा प्रतिस्पर्धा टेस्ला मोडल थ्रीसँग हुनेछ । कम्पनीका अनुसार नेक्स्ट ओरा क्याटको ४३० किलोमिटरको रेन्ज रहने छ । यसमा कम्पनीले ८३.५ किलोवाट आवरको ब्याट्री प्याक दिनेछ । यो कारले जम्मा ४.३ सेकेण्डमा ० वाट १०० किलोमिटरको स्पीडमा गुड्ने क्षमता राख्छ ।

यसका अलावा नयाँ कम्पनीहरु डीएस, अल्पाइन, भिनफास्ट, माइक्रोलीनो, इजीओ जस्ता कम्पनीहरुले समेत आफ्नो इलेक्टीक भेहिकल देखाएका छन् ।


Back_to_top