काठमाडौं । बजाज अटोले एकपछि अर्को नयाँ मोडल बजारमा ल्याइरहेको छ । कम्पनीले नयाँ जेनेरेशन पल्सरमा आधारित मोडलहरु ल्याइरहेको हो ।
अहिले भारतको विभिन्न क्षेत्रमा बजाज पल्सर १५० को नयाँ जेनेरेशन मोडलको परिक्षण भइरहेको तस्विरहरु सार्वजनिक भइरहेका छन् । पछिल्लो पटक परिक्षणमा देखिएको मोटरसाइकलको तस्वीरले यसमा रहेका धेरै फिचरको बारेमा जानकारी दिएको छ ।
बजाजको सदावहार मोटरसाइकल पल्सर १५० धेरै पटक सामान्य अपडेट हुँदै आइरहेको थियो । यो पटक भने कम्पनीले पल्सर १५० मा ब्यापक परिमार्जन सहित बजारमा ल्याउने तयारी गरिरहेको हो ।
यस पटक परिक्षणको क्रममा देखिएको मोटरसाइकलमा धेरै परिर्वतन देखिएको छ । यो मोटरसाइकल हालै सार्वजनिक भएको एन १६० र २५० बाट धेरै फिचर लिइएको देखिन्छ ।
बजाजले एन १६०मा प्रयोग भएको सेमीडिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र हेडल्याम्प नयाँ पल्सर १५० मा प्रयोग गरेको देखिन्छ । त्यस्तै कम्पनीले एन १६० मा नै प्रयोग गरेको ट्युवलर फ्रेम नै मोडिफाइड गरेर प्रयोग गरेको देखिन्छ ।
त्यस्तै, पल्सर १५० को नयाँ जेनेरेशनमा अन्डरवेली एग्जष्ट, बटरफ्लाई सेप एलइडी टेलल्याम्प, स्प्लीट ग्रयावरेल, हलोजिन टर्न इन्डिकेटर जस्ता फिचर सार्वजनिक तस्वीरमा देख्न सकिन्छ ।
यसको सस्पेन्सनमा कम्पनीले पुरानै टेलिस्कोपीक र रियरमा मोनोशक सस्पेन्सन दिएको छ । टायर भने पल्सर १५० नियोनबाट लिएको देखिन्छ ।


