काठमाडौं । सवारीसाधनको कुम्भ मेला नाडा अटो शो भोलीबाट काठमाडौंको भृकुटी मन्डपमा सुरुहुन गईरहेको छ । अटो शोलाई लक्षित गर्दै नेपालमा सवारीसाधन बिक्री वितरण गर्ने विभिन्न कम्पनीले आफ्ना मोडल सार्वजनिक गर्ने तयारी गरेका छन् । हरेक वर्ष आयोजना हुने अटो शोमा ग्राहकलाई आकर्षित गर्ने उद्देश्यसहित फरक विशेषता र सुविधा बोकेका मोडल प्रदर्शनीमा राखिएका छन् ।
यसैबीच, अटो शोमा नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार कम्पनीले होन्डा ग्राजिया र टीभीएसका लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट स्कुटर एनटर्क प्रर्दशीनीमा राख्ने भएको छ ।
टीभीएसले आफ्नो एनर्टक स्कुटर नाडा अटो शोमा नै पहिलो पटक सार्वजनिक गर्न लागेको हो भने होन्डाले आफ्नो ग्राजिया स्कुटरलाई १ महिना अगाडि बजारमा सार्वजनिक गरेको हो । अटो शोमा यी दुई स्कुटरबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
इञ्जिन
एनटर्क र ग्राजियामा १२५ सीसी क्षमताको इञ्जिनको प्रयोग गरिएको छ । एनटर्क स्कूटरमा तीन भल्व टेक्नोलोजीको प्रयोग गरिएको छ । यसको इञ्जिनले बढीमा ९.३ ब्रेक हर्सपावर शक्ति उत्पादन र १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसको टपस्पीड ९५ किलोमिटर रहेको छ भने शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन यसले नौ सेकेन्डमै समात्न सक्ने कम्पनीको दाबी छ ।
त्यस्तै, होन्डा ग्रजियामा पनि १२५ सीसी एयरकुल्ड फोरस्ट्रोक इञ्जिन प्रयोग गरिएको छ । यसले ८.५२ बीएचपी पावर र १०.५४ एनएमटर्क प्रदान गर्छ । यसको ह्वीलबेस १,२६० एमएम छ । यो सेल्फ र किक दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ ।
पावरको हिसाबले होन्डा ग्राजियाभन्दा टीभीएस एनटर्क एक पावरफुल देखिएको छ ।
सँगसँगै सार्वजनिक
टीभीएस एनटर्क–१२५ र होन्डा ग्राजिया स्कूटर एक महिनाको फरकमा भारतीय बजारमा सार्वजनिक भएका थिए । भारतीय बजामा एनर्टक निकै चर्चित बन्दै गएको छ भने सोही अनुपातमा ग्राजिया पनि । नेपाली बजारमा भने यी दुबै मोडलको सम्भावना उत्तिकै रहेको छ । भारतीय बजारमा टप–१० मोडलभित्र एनटर्क पर्न सफल भयो भने होन्डा ग्राजिया केही तल खस्कियो ।
होन्डा ग्राजियाको बिक्रीमा निकै धेरै उतार–चढाव आएको बताइन्छ । लञ्चको सुरुवाती समयमा धेरै बिक्री हुने १० भित्र पर्न सफल भएको उक्त स्कूटर अहिले टप–१० बाट बाहिर पुगेको छ ।
भारतीय बजारमा भएको बिक्रीलाई हेर्दा ग्राजियाभन्दा एनटर्क अगाडि रहेको छ ।
विशेषता
एनटर्कमा १२ इञ्चको एलोई ह्वील दिइएको छ भने, सेफ्टीको लागि फ्रन्ट डिस्कब्रेक दिइएको छ । यसमा एलईडी डे–टाइम रनिङ लाइट भए तापनि हेडलाइट एलईडीमा छैन । अन्डर सीट स्टोरेज क्षमतासमेत राम्रो रहेको छ । यसको स्टाइल र स्पोर्टी लुक्सको कारण युवाहरूको रोजाईमा यसले प्रवेश पाएको छ ।
यो स्कूटर आफ्नो सेग्मेन्टमा एउटैमात्रै छ, जसमा ब्लू–टुथ इन्बेल्ड इन्ट्रुमेन्ट कल्स्टर दिइएको छ । यसको प्रयोग स्मार्टफोनको सहयोगले नेभिगेशनमा गर्न सकिन्छ । स्कूटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । तीन ट्रीप मिटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फिचर्सहरू नर्मल मोडमा पाइन्छ । यस स्कूटरमा रहेको लो–फ्यूलवार्निङले रिजर्भमा आएपछि कति दूरी पार गरेको छ भन्ने कुरा देखाउँछ ।
हेल्मेट लगाउन भुल्नेहरूलाई यसले स्टार्ट गर्नासाथ हेल्मेटको आईकन डिस्प्लेमा देखिन्छ । त्यसैगरी, एन्कर–एपले पनि कामको धेरै सूचनाहरू दिने गर्छ । राइड रिपोर्ट जेनरेट भएपश्चात् दूरी (डिस्टेन्स), टाइम, ट्राफिकको टाइम र पछिल्लोपटक स्कूटर पार्क गरेको स्थानजस्ता कुराहरूको जानकारी यस एपले दिने गर्छ ।
एक सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्यूल ट्याङ्क छ । यो स्कुटर विभिन्न चार रङ्गमा उपलब्ध छन् ।
त्यस्तै, होन्डाले ग्राजिया स्कुटर स्टाइलिस र पफर्मेन्स मन पराउने ग्राहकका लागि निर्माण गरेको कम्पनीले जनाएको छ । कम्पनीले १२५ सेगमेन्टकै आकर्षक फिचर र स्टाइल भएको स्कूटर भएका कारण धेरैले मन पराएको दावी गरेको थियो । तर, अहिले यसप्रति युवाको आक्रर्षणमा कमिआएको जस्तो देखिन्छ ।
अटोमेटिक एलईडी हेडलाइट भएको यो पहिलो स्कूटर हो । त्यसैगरी, थ्रीस्टेप ईको स्पीड इन्डिकेटर छ, जसका कारण आवश्यकताअनुसारको स्पीड लिन सकिन्छ र माइलेज बढाउँछ । सिटओपन गर्नका लागि ‘फोर इन् वान् लक’ छ । त्यसैगरी, यसमा अल–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र स्मार्टफोन चार्ज गर्न मिल्ने फ्रन्ट पकेटसमेत छ ।
इन्धन वचत
माइलेजको विषयमा समेत दुबै स्कुटरको समानता झल्झिएको छ । एनटर्कले प्रतिलिटर ४७ किलोमिटरसम्मको माइलेज दिने गर्छ भने ग्राजियालाई प्रतिलिटर ४६.७ प्रतिलिटर किलोमिटरसम्म चलाउन सकिन्छ ।
मूल्य
होन्डा ग्राजिया नेपाली बजारमा गत जेठमा भित्रिएको थियो । यसको बजार मूल्य दुई लाख १८ हजार रहेको छ । टीभीएस एनटर्क भने नाडा अटो शोमा सार्वजनिक हुँदैछ । कम्पनीले यसको मूल्य दुई लाख २४ हजार नौ सय रुपैयाँ तोकेको छ ।
निष्कर्ष
दुबै स्कुटरका धेरै कुरा समान रहेका छन् । तर, एनटर्कमा सेग्मेन्टमा नै फष्ट इन्र्फमेशन क्लस्टर दिइएको छ जसमा टिभिएस एनर्टक नेपालमै पहिलो पटक बुल्टुथ कनेक्टिभिटी रहेको टू ह्वीलर रहेको छ । चालकले आफ्नो मोवाइल कनेक्ट गरेर फोनकल तथा एसएमएस को जानकारी डिजिटल स्पीडोमिटरमा नोटिफिकेशन मार्फत थाहा पाउन सकिन्छ,भने पावर चाहनेलाई यसले तान्ने छ । मूल्यमा करिब ७ हजार रुपैयाँ महंगो भएपनि टीभीएस एनटर्क उत्कृष्ट राइडिङ अनुभब गर्न सकिन्छ ।

