नेपाल आयो नयाँ होन्डा हर्नेट-१६०, यस्तो छ मूल्य

काठमाडौं । होन्डाको नयाँ हर्नेट १६० नेपाली बजारमा आएको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले उक्त बाइक नेपाली बजारमा ल्याएको हो । ।

अत्याधुनिक प्रविधि युक्त उक्त मोटरसाइकलमा एलईडी हेड ल्याम्प र हाजार्ड लाइट स्विच जस्ता अत्याधुनिक विशेषता दिइएको छ । 

स्पोर्टी बनोट तथा नयाँ स्टाइल र ग्राफिक्सका साथ अझ बढी पावरफुल रहेको यो बाइक अहिले ५ रङहरुमा उपलब्ध रहेका छन् ।

उत्कृष्ट ग्रिप र बढी समय टिक्ने सिल चेन रहेको सीबी हर्नेटमा उत्कृष्ट पर्फमेन्स रहेको कम्पनीको दावी छ ।

नेपाली बजारमा नयाँ होन्डा सीबी हर्नेट १६०आरको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । 


Back_to_top