टाटा मोटर्सले पछिल्लो समय एकपछि अर्को नयाँ कार निर्माणको घोषणा गरिरहेको छ । कम्पनीले केही महिना भित्र बजारमा ल्याउने तयारी गरेको बहुप्रतिक्षित मोडल टाटा ह्यारियर २०१९ को सुरुवातमा नै बजारमा ल्याउने छ ।
ह्यारीयर बारे तपाईमा कौतुहलता छ भने हामी यस मोडलका १० मुख्य विषयलाई तपाईहरुलाई जानकारी दिदैछौं ।
कहिले हुन्छ सार्वजनिक ?
टाटा मोटर्सले चालु आर्थिक वर्षको २०१८–१९को अन्तिम क्वाटरमा ह्यारियरलाई सार्वजनिक गर्ने घोषणा गरेको छ । यो एसयूभी महाराष्ट्रमा रहेको टाटा प्लान्टमा उत्पादन भइरहेको छ ।
डिजाइन
ह्यारियर अटो एक्स्पो–२०१८ मा सार्वजनिक भएको एच–५ एक्सको अवधारणामा आधारित छ । टाटा मोट्र्सका डिजाइन हेड प्रताप बोज ह्यारियरको ८५ प्रतिशत एक्सटेरियर डिजाइन कम्पनीको अवधारणासँग मिल्ने बताउँछन् । ह्यारियर इम्प्याक्ट डिजाइन २.० थिममा आधारित पहिलो मोडल हो ।
प्लाटफर्म
ह्यारियर कम्पनीको नयाँ अप्टीमल मोडुलर इफिसियन्ट ग्लोबल एड्भान्स अवधारणामा आधारित मोडल हो । ओमेगा प्लाटफर्म ल्यान्डरोभर डिस्कभरी स्पोर्टीसँग सम्बद्ध ल्यान्ड रोभर डी–८ मोडलबाट लिइएको हो । कम्पनीले कारको मूल्यलाई मध्यनजर गर्दै डी–८ प्लाटफर्मलाई केही परिमार्जन गरेको छ ।
इञ्जिन
एसयूभीमा एफसीएको २.० लिटर मल्टिजेट आईआई डिजेल इन्जिन लगाइएको छ । जीप कम्पासमा पनि यही इन्जिनको प्रयोग गरिएको छ । यसले अधिकतम् १४० बीएचपी पावर उत्पादन गर्ने गर्छ ।
ट्रान्समिसन
यसमा ६ स्पीड म्यानूअल ट्रान्समिसन लगाइएको छ । साथै, ६ स्पीड अटोमेटिक ट्रान्समिसन अप्शन पनि समावेश गर्ने कम्पनीले जनाएको छ ।
प्रतिस्पर्धा
यो एसयूभी १४ देखि १८ लाख भारतीय रुपैयाँमा बिक्री–वितरण हुने अनुमान गरिएको छ । यसको मूल्यलाई नियाल्दा ह्यारियरले हुन्डाई क्रेटा र जीप कम्पासको इन्ट्रीलेभल भर्सनसँग प्रतिस्पर्धा गर्ने स्पष्ट देखिएको छ ।
डिजिटल
टाटा कम्पनीले ग्राहकलाई मध्यनजर गर्दै एसयूभीमा डिजिटल कन्फीगुरेटरको अफर राखेको छ । यो अफर आईओएस, एन्ड्रोइड र विन्डो प्लाटफर्ममा उपलब्ध हुनेछ । यसले ग्राहकलाई इञ्जिन, ट्रान्समिसन, एशोसरिजलगायत अन्य अप्शन छनौट गर्ने मौका दिनेछ ।
सात सिट
फरक नेमप्लेटमा सार्वजनिक हुने ह्यारियर सात सिट भर्सनमा उपलब्ध हुने कम्पनी जनाएको छ । एच–५ एक्सको लार्जर भर्सन एच–७ एक्स (कोडनेम) मा एरियर क्याबिनकासाथै पावरपूmल इञ्जिन दिइने कम्पनीले जनाएको छ । एसयूभीमा ६ स्पीड म्यानूअल ट्रान्समिसनकासाथै अप्शनल ६ स्पीड अटोमेटिक युनिट उपलब्ध हुनेछ ।
इन्टेरियर डिटेल्स
एच–५ एक्स कन्सेप्टमा जस्तो ह्यारियर ड्यासबोर्डमा पुशबटनको अप्शन उपलब्ध छैन । यसमा इन्स्ट्रुमेन्ट कन्सोल र टाटाको अन्य मोडलमा उपलब्ध स्टेरिङ ह्वील लगाइएको छ ।
सुपर ड्राइभ मोड्स र फोरह्वील ड्राइभ
ह्यारियरमा सुपर ड्राइभ मोड्स दिइएको छ । यसमा कम्फर्ट, अटो, डायनामिक र रफरोड गरी चार अप्शन दिइएको कम्पनी जनाएको छ ।


