२०१८ को दिल्ली अटोशोमा देखाइएको टीभीएसको क्रुजर बाइक आज लन्च हुँदैछ । केही दिनअघि यसको टिजर शोसल मिडियामा सार्वजनिक गरिएको थियो । कम्पनीले यसको नाम ‘ज्याप्लीन’ राखेको छ ।
कम्पनीले आज भारतीय बजारमा यसलाई सार्वजनिक गरेको छ । २२० सीसीको क्षमताको यस बाइकले ८५०० आरपीएममा २४ विएचपी पावर ७००० आपीएममा १८.५ एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पिड गिएर रहेको छ ।
टीभीएसको पेटेन्ट रहेको आईएसजी टेक्नलोजी (इन्टिग्रेटेड स्टाटर जेनरेटर) रहेको यस बाइकमा १२ सय वाटको मोटरसमेत दिइएकोे छ जुन ४८ भोल्टको लिथिएम आयन ब्याट्रीबाट संचालन हुनेछ । जसले यसको पर्फमेन्स बढाउनमा सहयोग पुर्याउछ । यो एक हाइब्रिड बाइक हो ।
यसमा दिइएको हेडलाईट तथा टेललाईट दुबै एलइडी रहेको छ । सुरक्षाको लागि एबिएस तथा अगाडि र पछाडिको दुबै चक्कामा डिस ब्रेक दिईएको छ । अगाडि नयाँ जेनरेसनको टेलिस्कोपिक सस्पेन्सन र पछाडिपट्टी मोनोसक सस्पेन्सन दिइएको छ ।
कम्पनीले पहिलो पटक यो बाइकमा स्मार्ट बायो–किको प्रयोग गरेको छ । डिजिटल स्पिडोमिटर, अनलाईन कनेक्टिभीटी तथा एचडी एक्सन क्यामराले बाइक चलाउँदाको एडभेन्चर सबै क्याप्चर गर्नेछ ।
यो बाइकको लन्च आज हुने छ तर कम्पनीले अहिलेसम्म यसको मुल्य सार्वजनिक गरेको छैन । तर, भारतीय मिडियाका अनुसार यसको मुल्य ९० हजार देखि १ लाख २० हजारसम्म पर्ने अनुमान गरिएको छ ।

