काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी होन्डाले भारतीय बजारलाई ध्यानमा राखेर ३ वटा नयाँ मोडल ल्याउने भएको छ । कम्पनीले ल्याउने तीन नयाँ मोडलमा दुई एसयूभी हुनेछन् भने एउटा सेडान कार हुनेछ ।
होन्डाले भारतीय बजारमा धेरै मार्केट शेयर भएको सब फोर मिटर एसयूभी सेग्मेन्टमा नयाँ एसयूभी लन्च गर्ने भएको छ । होन्डाले डब्लुआरभीलाई रिप्लेस गरेर सोही प्लेटफर्ममा होन्ड सिटीमा उपलब्ध इन्जिनमा नयाँ एसयूभी ल्याउन लागेको हो ।
नयाँ आउने एसयूभीले हुन्डाई भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयूभी ३००, टाटा नेक्सन तथा मारुती सुजुकी ब्रेजासँग प्रतिस्पर्धा गर्नेछ । यो नयाँ सब फोर मिटर एसयूभीमा एप्पल कार प्ले तथा एन्ड्रोइड अटो सहितको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस बटम स्टाट जस्ता फिचरहरु रहनेछ । होन्डाले यसमा १.५ लिटर हाइब्रिड पेट्रोल इन्जिन दिने अनुमान गरिएको छ ।
त्यस्तै होन्डाले मिडसाइज एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटा, किया सोनेट, मारुती सुजुकी ग्राण्ड भिटारा र टोयोटा हाइराइडर जस्ता मोडललाई टक्कर दिनेगरी अर्को एसयूभी पनि ल्याउने छ । यो एसयूभी पाँचौ जेनेरेशन होन्डा सिटीको प्लेटफर्ममा बन्ने अनुमान गरिएको छ ।
नयाँ कम्प्याक्ट एसयूभी ५ र ७ सिट अप्सनमा उपलब्ध हुनेछ । होन्डाले यसमा ठूलो साइजको सनरुफ, डिजिटल इन्ट्रुमेन्ट कन्सोल, कुल्ड ग्लोबबक्स, पुस बटन स्टार्ट, कनेक्टेड कार टेक, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता सुविधा प्रदान गर्ने छ ।
होन्डाले आफ्नो मिडसाइज एसयूभीमा १.५ लिटर इएचइभी सहितको अट्कीन्सन इन्जीन दिने अनुमान गरिएको छ ।
यी दुई मोडलको अलावा होन्डाले आगामी वर्ष भित्र आफ्नो चर्चित कम्प्याक्ट सेडान कार सिटीको पाँचौ जेनेरेशन मोडल पनि ल्याउने छ । यसमा अपडेटेड एक्टेरियर स्टाइल, नयाँ फिचरहरु तथा अपडेटेड इन्जिन पाउन सकिन्छ ।

