काठमाडौं । होन्डा मोटर्स इन्डियाले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ एसयूभी ल्याउने भएको छ । हुन्डाई क्रेटासँग सिधा प्रतिस्पर्धा गर्न आउने नयाँ मोडल आगामी जुन महिनामा सार्वजनिक हुने भएको हो ।
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा पछिल्लो पटक मारुती सुजुकी ग्राण्ड भिटारा र टोयोटा हाइराइडर सार्वजनिक भएका थिए । त्यसअघि किया सेल्टोस, निसान किक्स, स्कोडा कुशक र फक्सवागेन टाइगुन प्रतिस्पर्धा गरिरहेका थिए ।
बजारमा उच्च माग रहेसँगै यो सेग्मेन्टमा थप नयाँ मोडल आउने क्रम जारी छ । यही सेग्मेन्टमा टाटा र महिन्द्राले पनि नयाँ मोडलको तयारी गरिरहेका छन् ।
होन्डाको नयाँ एसयूभी सिटी सेडानको प्लेटफर्ममा बन्ने छ । यद्यपि, यसमा आधुनिक फिचरको लामो लिस्ट रहने अनुमान गर्न सकिन्छ । निकै प्रतिस्पर्धी सेग्मेन्टमा आउने भएको कारण होन्डाले यसलाई मोर्डन एसयूभीको रुपमा ल्याउने सहजै अनुमान गर्न सकिन्छ ।
निकै फ्ल्याट र फराकिलो बोनेट रहने नयाँ एसयूभीमा निकै सार्प एलइडी लाइट, मस्कुल लुक्स प्रदान गर्ने ह्वील, स्पोर्टी डिजाइन रहने छ । नयाँ जेनेरेशन डब्लूआर-भीबाट प्रेरित टेललाइट रहने एसयूभीमा टप माउन्टेड रियर स्पोइलर रहने छ ।
यसको लम्बाई ४२ सयदेखि ४३ सय एमएमको बीचमा रहने छ । निकै क्लिन ड्यासबोर्ड, प्रिमियम सेफ्टी फिचर, आरामदायी सिट, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, वायरलेस चार्जर, अटोमेटीक क्लाइमेट कन्ट्रोल जस्ता फिचर पाउन सकिने छ ।
होन्डाले १.५ लिटर नेचुरल्ली एस्पीरेडेड र १.० लिटर टर्बो चार्ज्ड इन्जिनमा यसलाई ल्याउने छ । दुबै इन्जिनले १२१ पीएस पावर प्रदान गर्ने अनुमान गर्न सकिन्छ । ५ स्पीड र ६ स्पीड म्यानुयल गियरबक्स अप्सनमा उपलब्ध हुने नयाँ एसयूभीमा सिभीटी गियरबक्स पनि रहने छ ।
यसको मूल्य लगायतको विषयमा कुनै पनि जानकारी बाहिर आएको छैन । यद्यपि, भारतमा १२ देखि १८ लाख भित्रै यसको मूल्य रहने अनुमान गर्न सकिन्छ ।


