काठमाडौं । इलेक्ट्रीक माइक्रोमोबिलिटी सेक्टरमा स्थापित ब्रान्ड सेगवेले नयाँ मोडलको स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले सेगवे ई-३०० एसई प्रिमियम इलेक्ट्रीक स्कुटर अन्तर्राष्ट्रिय बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार १२५ सीसी बराबरको यो विद्युतीय स्कुटरले स्न्यापी एक्सेलेरेसन र आकर्षक रेन्ज प्रदान गर्दछ । यो स्कुटर कम्पनीको अघिल्लो मोडलहरु ई-११० र ई-१२५ भन्दा माथिल्लो भागमा बस्छ ।
नयाँ स्कुटरलाई मोपेडका रुपमा वर्गीकरण गरिएको छ । यसलाई संचालन गर्न चालकको लाइसेन्स मात्र आवश्यक हुने बताइएको छ ।
कम्पनीले यसमा हब माउन्टेड इलेक्ट्रीक मोटर दिइएको छ । यसले ६५ माइल अर्थात् १०४ किलोमिटर प्रति घन्टाको स्पीडमा चलाउन सकिने कम्पनीको दाबी छ । यो स्कुटरलाई ५०.३१ सेकेन्डमा शुन्यदेखि २ किलोमिटरसम्म गुडाउन सकिन्छ ।
यसमा तीन वटा ब्याट्री जडान गर्ने हो भने सेगवे ३०० एसइले सिङ्गल चार्जमा १३० किलोमिटर रेन्ज प्रदान गर्छ ।
सेगवे ई-३०० एसईमा इलेक्ट्रोनीक राइडर एड समावेश गरिएको छ । यसमा ट्रयाकसन कन्ट्रोल, एबीएस, डुअल पिस्टन फ्रन्ट ब्रेक जस्ता सुविधाले सुसज्जित रहेको छ ।
सेगवे नेपालमा पनि अत्याधिक रूपमा रुचाइएको ब्रान्ड हो । यसलाई नेपालमा आइ हब प्रालिले आधिकारीक रुपमा विक्री वितरण गर्दै आएको छ ।
नेपालमा पछिल्लो समय सेगवे नाइनवटका ४ वटा मोडलका स्कुटर विक्री वितरण हुँदै आएका छन् । जसअन्तर्गत ई-१००, एन-१००, ई-११० एल र ई-१२५ रहेका छन् । यी स्कुटरको मूल्य क्रमशः २ लाख ९१ हजार, २ लाख ६० हजार, ३ लाख ६५ हजार र ३ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

