अशोक लेल्यान्डको दोस्तमा ५ वर्षको वारेन्टी

काठमाडौं । लाइट कमर्सियल भेहिकल ‘दोस्त’मा ५ वर्षको वारेन्टी पाइने भएको छ । दोस्त उत्पादक कम्पनी अशोक लेल्याण्डले यो गाडीमा ५ वर्षको वारेन्टी घोषणा गरेको हो ।

यो सम्भवतः अटोमोबाइल क्षेत्रकै सबैभन्दा धेरै वर्षको वारेन्टी भएको कम्पनीको दाबी छ । ग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढाउनको ५ वर्षको वारेन्टी घोषणा गरेको कम्पनीले जनाएको छ ।

नेपाली लाइट कमर्सियल भेहिकलको बजारमा सबैभन्दा प्रतिस्पर्धी वारेन्टी समेत हो । कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट हो ।

यो वारेन्टी इन्जिनका साथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर/रेडिएटर कोर र कुलिङ फ्यान क्लच जस्ता प्रमुख उपकरण सबैमा लागू हुनेछ । यस्तै, गियरबक्स, रियर र फ्रन्ट एक्सल, इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत लागू हुनेछ ।

नेपालभरका अशोक लेल्यान्डका सबै डिलरसिप र सर्भिस स्टेसनहरूमार्फत उक्त वारेन्टी उपलब्ध हुनेछ । कुनै कारणले सवारी साधनको स्वामित्वमा परिवर्तन भएको अवस्थामा समेत कम्पनीलाई सूचित गरेपछि तोकिएको अवधिको लागि सो वारेन्टी हस्तान्तरण हुनेछ ।

अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले कम्पनीको यो अर्को ठूलो कदम भएके बताए ।

‘उत्पादक कम्पनीको ५ वर्षे वारेन्टी एलसीभी सेगमेन्टमै पहिलो र यो सेगमेन्टकै सबैभन्दा राम्रो हो । धेरै कम्पनीहरूले ३ वर्षे वारेन्टी मात्र उपलब्ध गराइरहेको सन्दर्भमा अशोक लेल्यान्डको यो अर्को ठूलो कदम हो, जसले आफ्नो उत्पादनमा विश्वसनियता बढाउनुका साथै ग्राहकलाई थोरै मूल्यमा आफ्नो सवारी साधन सञ्चालन गर्न सहयोग पुर्याउने छ,’ उनले भने ।


Back_to_top