होन्डा साइन बन्यो १ करोड यूनिट विक्री हुने पहिलो मोटरसाइकल

काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनीको उत्पादन होन्डा साइन १ करोड यूनिट विक्री हुने पहिलो १२५ सीसी मोटरसाइकल भएको छ । कम्पनीका अनुसरा होन्डा साइन सार्वजनिक भएको १६ वर्षमा १ करोड यूनिटको माइलस्टोन पुरा भएको हो ।

भारतीय बजारमा होन्डा साइनको मार्केट सेयर यो सेग्मेन्टमा लागभग ५० प्रतिशत रहेको छ । नेपाली बजारमा समेत होन्डा साइन सर्वाधिक विक्री हुने १२५ सीसी क्षमताको मोटरसाइकल हो ।

१ करोड यूनिटको माइलस्टोन पुरा गरेको उपलक्ष्यमा बोल्दै होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाका प्रबन्ध निर्देशक तथा सिइओ अत्सुशी ओगाटाले भने, ‘हामि होन्डा साइनको वर्षौदेखी प्राप्त प्रतिक्रिया प्रति आभार छौं । २०२२ का हामि हाम्रा ग्राहकमाझ अझै उत्कृष्ट उत्पादन लिएर आउने छौं । होन्डा ब्राण्ड र साइन प्रति हाम्रा ग्राहकले जुन विश्वास गर्नु भयो त्यसका लागि धन्यवाद दिन चाहान्छौं ।

होन्डा साइनमा १२५ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा १०.७२ बीएस पावर तथा ६००० आरपीएममा १०.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

 


Back_to_top