इलेक्ट्रीक गाडी चार्ज गर्न घरमा छुट्टै मिटर

काठमाडौं । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिले आफ्नै घरमा छुट्टै मिटर राख्न पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण विनियमावली,२०७८ कार्यन्वयनमा ल्याएसँगै उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् ।

प्राधिकरण सञ्चालक समितिको गत पुस २० गतेको ८९२ औं बैठकबाट उक्त विनियमावली पारित भएको हो । सो विनियमावलीमा विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरिएको छ ।

घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् सेवा छिटो, सर्वसुलभ एवं सहज रुपमा उपलब्ध गराउन र विद्युत् खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत् वितरण विनियमावली कार्यान्वयमा ल्याइएको बताए।

निजी आवास, कार्यालयहरु, फर्मरकम्पनीरसंस्थामा निजी र सार्वजनिक स्थल, निजी घरजग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृत प्राप्त निकायरफर्मरव्यक्तिर कम्पनीलाई अनुमति दिने छ। मुख्य-मुख्य सहरी क्षेत्रमा सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्ने संस्थाहरुलाई प्राथमिकता दिइनेछ।


Back_to_top