हर्नेट २.० बुकिङ गर्नेलाई ४० हजारको हेल्मेट

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले हर्नेट २.० बुकिङ गर्ने ग्राहक मध्यबाट एक जनालाई ‘सार्क रिडियल हेल्मेट’ दिने अफर गरेको छ । कम्पनीले आगामी कार्तिक २५ गतेसम्म हर्नेट २.० बुकिङ गर्ने ग्राहक मध्यबाट एक जनालाई उक्त हेल्मेट दिने योजना अगाडि सारेको हो ।

कम्पनीले दिने यो हेल्मेटको मूल्य ३० देखि ४० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ । होन्डा हर्नेट आधुनिक फिचर लोडेड मोटरसाइकल हो । यसमा १८४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । यसमा १२ लिटर क्षमताको इन्धन ट्याङक रहेको छ भने यसले ४० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दावी गरेको छ ।

होन्डा हर्नेटलाई कम्पनीले नयाँ प्लेटफममा डिजाइन गरेको छ । यसमा डायमण्ड फ्रेमको प्रयोग गरिएको छ भने, यसको फ्रन्टमा गोल्डेन यूएसडी र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ । १७ इन्चको अलोय ह्वील, दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । फ्रन्टमा २७६ एमएम र रियरमा २२० एमएमको डिस्क ब्रेकको साथै यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

कम्पनीले यसमा अल डिजिटल कन्सोल दिएको छ । यसमा व्याट्री भल्ट मिटरसमेत रहेको छ । यस्तै डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्डेन कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर नयाँ हर्नेट २.० मा पाउन सकिन्छ ।

होन्डा २.० गोल्डेन यूएसडी फर्क भएको सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । यो सेग्मेन्टमा उपलब्ध मोटरसाइकल मध्ये सबैभन्दा वाइड टायर पनि यसमा पाउन सकिन्छ । यसको मूल्य भने अन्य प्रतिस्पर्धी पल्सर एनएस २०० र आरटीआर २०० फोर भी भन्दा महंगो रहेको छ । स्याकार ट्रेडिङले अहिले यसको मूल्य ४ लाख ९८ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ लिइरहेको छ ।


Back_to_top