नेपाल आयो चांगनको पहिलो कार, देखियो भन्सारमा

काठमाडौं । चिनियाँ ब्राण्ड चांगनको कार नेपाल आएको छ । एमएडब्लू वृद्धिले नेपाल ल्याएको चांगनको सेडान कार भन्सारमा देखिएको हो ।
नेपाल आएको चांगनको सेडान कार हो । कम्पनीले यसको आधिकारीक जानकारी नदिएपनि चांगनले पाकिस्तानमा विक्री वितरण गर्दै आएको ‘आल्सभीन’ मोडलसँग मिल्दो जुल्दो रहेको छ । त्यसैले नेपाल आएको मोडल पनि आल्सभीन हो भन्न सकिन्छ ।

नेपाल आएको गाडीको विषयमा कम्पनीले कुनै जानकारी नदिए पनि चांगन आल्सभीन मोडल पाकिस्तानमा दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ । कम्पनीले १.३७ लिटर र १.५ लिटर व्ल्यूकोर इन्जिनमा यसलाई उपलब्ध गराएको छ । यसमा ५ स्पीड म्यानुयल र ५ स्पीड ड्यूलक्लच गियरबक्स पाउन सकिन्छ ।

पाकिस्तानमा विक्री हुँदै आएको गाडीमा थुप्रै आधुनिक फिचर उपलब्ध रहेको छ । आल्मुनियम फ्रन्ट ग्रिल, १५ इन्चको अलोय ह्वील, सार्कफिन एन्टेना, प्रोजेक्टर हेडल्याम्प, फगल्याम्प, एलइडी डे टाइम रनिङ लाइट जस्ता फिचर यसमा उपलब्ध रहेको छ । इन्टेरियरलाई उत्कृष्ट बनाउन ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, स्टेरिङ माउन्ट अडियो सिस्टम, स्टार्ट/स्टप बटम, उत्कृष्ट फिनिसिङ सहितको सेन्थेटिक र लेदर सिट दिइएको छ ।

दुई एयरव्याग, एबीएस, इबीडी, पार्किङ सेन्सर अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक यसमा पाउन सकिन्छ । एमएडब्लू वृद्धिले नेपाल आएको गाडीको विषयमा भने केही जानकारी दिएको छैन ।


Back_to_top