काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि जगदम्वा मोटर्सले नयाँ मूल्यसूची प्रकाशित गरेको छ । कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार केही केही मोडलका मोटरसाइकलमा मूल्य वृद्धि भएको हो ।
कम्पनीको मूल्यसूची अनुसार नयाँ मोडलका मोटरसाइकलमा मूल्य वृद्धि भएको छ । कम्पनीले ७ हजार रुपैयाँसम्मले मूल्य वृद्धि गरेको हो ।
कम्पनीले सबैभन्दा धेरै आरटीआर २०० फोर भी मा ७ हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो । त्यसैगरि आरटीआर २०० फोर भी आरटी एफआईमा ६ हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
त्यस्तै आरटीआर १६० फोर भी रिफ्रेस रियर डिस्क मोडलमा ४ हजार, रिफ्रेस एफडीमा ५ हजार रुपैयाँले मूल्य वृद्धि भएको छ । त्यसैगरि आरटीआर १६० टू भीमा ६ हजार रुपैयाँ र स्टाइकर १२५ मा ४ हजार रुपैयाँले वृद्धि भएको छ ।


